बैतडी : ८ स्थानिय तहमा कोरोना सक्रिय संक्रमीत शुन्य

बैतडी–माघ ०४/  बैतडीका ८ ओटा स्थानिय तहहरु कोरोनाका शुन्य संक्रिय संक्रमीत पालीका भएका छन । संक्रमण पुष्टि भएका सबै जना निको भएर डिस्चार्ज भए पछि ८ ओटा पालीकाहरु शुन्य संक्रीय संक्रमीत पालिका बनेको स्वास्थ्य कार्यालय बैतडीले जानकारी दिएको छ । तत्कालका लागी जिल्लाको डिलाशैनी गाउँपालिका, सुर्नया गाउँपालिका, शिबनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, सिगास गाउँपालिका, मेलौली नगरपालिका, पुचौडी नगरपालिकार पाटन नगरपालिका शुन्य संक्रिय संक्रमीत पालीका बनेका छन ।

यस्तै दोगडाकेदार गाउँपालिकामा १ जना र दशरथचन्द नगरपालिकामा २ जना गरी जिल्लामा ३ जना मात्रै कोरोनाका सक्रिय संक्रमीत रहेका छन । बैतडीमा अहिलेसम्म ६ सय ३६ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये २ जनाको मृत्यु भएको छ भने ६ सय ३१ ज्नाले कोरोना जितेका छन । अहिलेसम्म सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा १ सय ५९ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ ।

पाटन नगरपालिकाका १ सय ९ जना, मेलौली नगरपालिकाका ४८ जना, सिगास गाउँपालिकाका ५५ जना, डिलाशैनी गाउँपालिकाका २९ जना र सुर्नया गाउँपालिकाका ४४ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । यस्तै पञ्चेश्वर गाउँपालिकामा ६३ जना, शिबनाथ गाउँपालिकामा ५१ जना, दोगडाकेदार गाउँपालिकामा ५२ जना र पुर्चौडी नगरपालिकामा २६ जनामा कोरोना पुष्टि भएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.