जिल्ला अस्पताल बैतडीमा १५ जना दातँका बिरामीले सेवा लिए

जनक साउद–बैतडी–माघ २/ शुक्रबार जिल्ला अस्पताल बैतडीमा दन्त रोगीहरुको उपचारका लागी सञ्चालन भएको स्याटेलाईट क्लिनिकमा १५ जना बिरामीले सेवा लिएका छन । डडेल्धुरा अस्पतालबाट आउनु भएका दन्त रोग बिशेषज्ञ चिकित्सकबाट १५ जनाले सेवा लिएको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर बशन्त राज जोशीले जानकारी दिनुभएको छ । दातँ सम्बन्धी उपचारको लागी कम मात्रामा बिरामी आएको उहाँले बताउनुभयो । अहिले जिल्लामा बिभिन्न निजि अस्पतालहरुले दातँ सम्बन्धी रोगहरुको उपचार गरिरहेको दातँका बिरामीहरु बढी नभएको अनुमान गरिएको छ ।

संघिय सरकारको बिशेष पहलमा जिल्ला अस्पताल बैतडीमा पौष ३ गतेदेखि प्रत्येक शुक्रबार बिशेषज्ञ चिकित्सक आएर बिभिन्न रोगहरुको उपचार सेवा दिन थाले पछि यहाँका नागरिकहरुलाई सहज भएको छ । अहिले जिल्लामै बिभिन्न रोगहरुको उपचार बिशेषज्ञ चिकित्सकहरुबाट भईरहेकोले उपचारका लागी आउन अस्पतालले आग्रह गरेको छ ।

यस अघि पौष ३ गते शुक्रबारका दिन मुटु, फोक्सो र छाती सम्बन्धी रोगहरुको उपचारका लागी ईन्टरनल मेडिसिन बिशेषज्ञ चिकित्सक र पौष १० गते हाड, जोर्नी तथा नशा सम्बन्धी रोगहरुको उपचारका लागी अर्थोपेडिक सर्जन बिशेषज्ञ चिकित्सक जिल्ला अस्पताल बैतडीमा आउनुभएको थियो । यस्तै पौष १७ गतेका दिन स्त्री तथा प्रसुती रोग बिशेषज्ञ चिकित्सक र पौष २४ गते एमडिजिपि चिकित्सक आएकोमा ५० जनाले सेवा लिएका थिए ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.