बैतडीमा ७ हजार बढीको पिसिआर बिधिबाट कोरोना परीक्षण

बैतडी–माघ २ / बैतडीमा अहिलेसम्म ७ हजार बढीको पिसिआर बिधिबाट कोरोना परीक्षण गरिएको छ । कोरोनाको संक्रमण सुरु भए यता ७ हजार ७ सय ९ जनाको पिसिआर बिधिबाट कोरोना परीक्षण गरिएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । जसमा १ हजार ५ सय १० जना महिलाहरु र ६ हजार १ सय ९९ जना पुरुष रहेका छन । जस मध्ये ६ सय ३६ जनामा कोरोना पुष्टि भएको छ । भने ७ हजार ७३ जनाको रिर्पोट नेगेटिभ आएको छ ।

अहिलेसम्म सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा १ सय ५९ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । पाटन नगरपालिकाका १ सय ९ जना, मेलौली नगरपालिकाका ४८ जना, सिगास गाउँपालिकाका ५५ जना, डिलाशैनी गाउँपालिकाका २९ जना र सुर्नया गाउँपालिकाका ४४ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । यस्तै पञ्चेश्वर गाउँपालिकामा ६३ जना, शिबनाथ गाउँपालिकामा ५१ जना, दोगडाकेदार गाउँपालिकामा ५२ जना र पुर्चौडी नगरपालिकामा २६ जनामा कोरोना पुष्टि भएको छ ।

संक्रमण देखिएका ६ सय ३१ जनाले कोरोना जितेका छन भने २ जनाको मृत्यु भएको जिल्लामा अब कोरोनाका सक्रिय संक्रमित ३ जना रहेका छन । दशरथचन्द नगरपालिकामा २ जना र दोगडाकेदार गाउँपालिकामा १ जना सक्रिय संक्रमीत रहेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । जिल्लाका ८ ओटा पालिकाहरु तत्कालका लागी कोरोनाका सक्रिय संक्रमित शुन्य पालिका बनेका छन ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.