बैतडीमा योग दिवस मनाईयो

बैतडी–माघ १ / बैतडीमा पनी राष्ट्रिय योग दिवस मनाईएको छ । “गरौ योग डटेर कोभिड जान्छ हटेर” भन्ने नाराका साथ स्वास्थ्य कार्यालय बैतडी र जिल्ला प्रशासन कार्यालय बैतडीको आयोजना राष्ट्रिय योग दिवस मनाईएको हो । प्रत्येक वर्ष माघ १ गते नेपालमा योग दिवस मनाइने गरिएको छ । जिल्ला सदरमुकामको बिरेन्द्र माबिमा प्रमुख जिल्ला अधिकारी मोहन राज जोशी, स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रसाद भट्ट, सुरक्षा निकायका प्रमुख, पत्रकार र स्थानियहरुलाई दिवसका अबसरमा योगगुरु कञ्चन ठगुन्नाले योगाभ्यास गराउनु भएको हो । दिसवको दिन मात्र नभएर आज देखी एक हप्ता योगअभ्यास गरिने भएको छ । स्वास्थ्य कार्यालय बैतडीले अब जिल्लामा नियमित रुपमै योग कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । विभिन्न प्रकारका शारीरिक रोग तथा मानसिक तनाव समाधान गर्ने उदेश्यले जिल्लामा योग कार्यक्रम सञ्चालन हुने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रसाद भट्टले जानकारी दिनुभएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.