बैतडी सहित सुदुरपश्चिमका  जिल्लामा नरहरीको रौनक 

बैतडी–पौष २९ / बैतडी सहित सुदुरपश्चिमका बिभिन्न जिल्लाहरुमा नरहरी पर्बको रौनक छाएको छ । प्रत्येक बर्ष माघ १ गतेका दिन धुमधामका साथ सुदुरपश्चिममा नरहरी पर्ब मनाउने प्रचलन रहेको छ । ‘मकर संक्रान्ति’का नामले चिनिने यो पर्बलाई सुदुरपश्चिम बासीहरुले नरहरीका रुपमा मनाउछन । नरहरी पर्ब मनाउनका लागी धुमधामका साथ तयारी थालिएको बैतडीको दोगडाकेदार गाउँपालिका १ का बिरमा साउँदले बताउनुभयो । प्रत्येक बर्षको जस्तै नरहरी मनाउनको लागी स्थानियहरुले सामाग्री जुटाउन थालेको उहाँको भनाई छ । नरहरी पर्बमा खासगरी घर परिवारका मान्छेहरु एक आसपमा जम्मा भएर मिठो मसिनो खाएर खुसी साटासाट गर्ने गरिन्छ । यस्तै नरहरीको दिनमा चेलीबेटीहरु माईती घरमा आउने गर्दछन । भने परदेशिएका दाजुभाईहरु पनी नरहरीको लागी घर फर्कने गर्दछन ।

यस्तै संक्रान्तिको दिनमा कागलाई सेलरोटी र अन्य मीठो परिकार खुवाउने चलन छ । पुस मसान्तको साँझ सेलरोटी पकाउँदा सबैभन्दा पहिला पाकेको रोटी कागका लागि राख्ने गरिन्छ। उक्त खानेकुरा माघे संक्रान्तिका दिन बिहानै नुहाइधुवाइ गरी ‘का कौवा का, मेरो रोटी खा’ भन्दै कागलाई बोलाई खुवाउने चलन छ । सूर्य मकर राशीमा प्रवेश गर्ने भएकोले नरहरी पर्वदेखि धार्मिक कृत्य, दान दातव्य दिने चलन रहेको पण्डित लोक राज भट्टले बताउनुभयो । धर्मशास्त्रअनुसार नरक लोकका अधि पति यमराजले पृथ्वी लोकका मानिसलगायत सम्पूर्ण जीवित प्राणीको जन्म मृत्युको विवरण राख्ने गर्दछन्। त्यस्तो विवरण ल्याउने र लैजाने काम भने कागले गर्ने मान्यता रहेको छ ।

आकाश मार्गबाट छिटो सन्देश ल्याउने भएकाले यमराजले कागलाई आफ्नो दूत नियुक्त गरेको शास्त्रमा उल्लेख छ। कागलाई यमराजको सन्देश वाहकका रुपमा समेत पूजा गरिन्छ। आजको दिन कागलाई सम्मानका साथ पूजा गर्ने र खानेकुरा दिने चलन छ। कागलाई विशेष गरी अशुभ सन्देश प्रवाह गर्ने पंक्षीका रुपमा लिइन्छ। कागले पुस १५ गते तीर्थस्थलमा गई स्नान गरी भोलीको दिनमा फर्केर रोटी खाने गरेको जनविश्वास छ । काग अत्यन्तै चलाखसँगै सर्वभक्षी प्राणी हो। कागले लगेर लुकाएको रोटीलाई व्याउने गाईलाई खुवाए बाच्छाबाच्छी सप्रिने विश्वास रहीआएको छ।

नरहरी पर्वमा तरुल, तिल र सखरका परिकार समेत खाने चलन रहेको छ । तिल र सखर खाँदा जाडोमा शरीरलाई उर्जा दिने भएकोले यस्तो खानेकुरा खाने चलन रहेको भट्टले बताउनुभयो । माघ महिनालाई धार्मिक महिनाका रुपमा मनाउने चलन भएकोले यो माघ महिनाभरि साकाहारी भोजन गर्दै नजिकको तिर्थस्थलमा नुहाउने चलन रहेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.