बैतडी : नेकपा दशरथचन्द नगर कमिटिको बिस्तारिक बैठक सम्पन्न
बैतडी–पौष २८/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बैतडीको दशरथचन्द नगरपालिका नगरकमिटिको बिस्तारिक बैठक समपन्न भएको छ । नेकपा नगर कमिटि अध्यक्ष बाशुदेब भट्टको अध्यक्षता तथा नेकपा केन्द्रिय कमिटि सदस्य एंबम बैतडी पार्टी ईन्चार्ज नरेन्द्र कुवंर बिजय सुन्दरको प्रमुख आतिथ्यतामा बिस्तारित बैठक सम्पन्न भएको हो ।
कार्यक्रमका बिशिष्ट अथिति नेकपा केन्द्रिय सल्लाहकार सदस्य गोपाल चन्द रहेका थिए । यस्तै कार्यक्रमको अतिथिहरुमा नेकपा बैतडी जिल्ला कमिटि सदस्यहरु खेमानन्द भट्ट, सुधिर भट्ट, रघुबिर सिह थापा, मदन मडु, पार्बती भट्ट र नेकपाबाट निर्बाचित दशरथचन्द नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष जय दत्त पन्त रहनुभएको थियो । कार्यक्रमको सञ्चालन नेकपा दशरथचन्द नगर कमिटि सदस्य गोपाल बोहराले गर्नुभएको थियो ।
बिस्तारित बैठकले संसद बिघटनको बिरुद्धमा नगरपालिकाको प्रत्येक वडाहरुमा बिरोध प्रर्दशन लगायत संर्घषका कार्यक्रमहरु अगाडी बढाउने निर्णय गरेको छ । कार्यक्रमका प्रमुख अतिथि एबंम नेकपा केन्द्रिय सदस्य कुवँरले संसद बिघटनको बिरुद्धमा सशक्त भएर अगाडी बढ्नु पर्ने बताउनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अलोकतान्त्रिक कदम सच्याउन माग गर्दै आफुहरुले संर्घषका कार्यक्रम गर्दै आईरहेको उल्लेख गर्दै कुवँरले अब सम्र्पुण लोकतन्त्रबादी शक्तिहरु एक ढिक्का भएर कदम चाल्नु पर्ने बताउनुएको छ