बैतडीमा ६ सय १३ जनाले कोरोना जिते, सक्रिय संक्रमित २१ जना
पुष -२८/ बैतडीमा कोरोनाका सक्रिय संक्रमित २१ जना मात्रै रहेका छन् । स्वास्थ्य कार्यालय बैतडीले दिएको जानकारी अनुसार हाल जिल्लामा कोरोनाका सक्रिय संक्रमित २१ जना मात्रै रहेका हुन् । कोरोना सक्रिय संक्रमित मध्ये सबै भन्दा बढी दशरथचन्द नगरपालिकामा १४ जना रहेका स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रशाद भट्टले जानकारि दिनुभएको छ ।
यस्तै पाटन नगरपालिकामा ६ जना र दोगडाकेदार गाउँपालिकामा १ जना रहेका उहाँको भनाई छ । बैतडीमा हाल सम्म ६सय ३६ जनामा कोरोना संक्रमण देखिएकोमा ६ सय १३ जनाले कोरोना जितेका छन भने २ जनाको ज्यान गइसकेको छ ।
यस्तै जिल्लाका ७ स्थानियतहमा कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका छन । ७ स्थानियतहका नागरिकहरुमा संक्रमण पुष्टि पश्चात सन्चो भइसकेपछि तत्कालका लागि सक्रिय संक्रमित नरहेका स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।
यस्तै बैतडीमा पीसीआर विधिबाट ७ हजार भन्दा बढीको कोरोना परिक्षण गरिएको छ । अहिले सम्म १ हजार ५ सय २ महिला र ६ हजार १ सय ८३ पुरुष गरि ७ हजार ६ सय ८५ जनाको पिसीआर विधिबाट कोरोना परीक्षण गरिएको स्वास्थ्य कार्यालय बैतडीको तथ्याङकमा उल्लेख गरिएको छ ।