दनपा २ मा नेचुरल अर्गनाइजेसनको कार्यसमिति गठन
पुष -२७ /नेचुरल अर्गनाइजेसन बैतडीले दशरथचन्द नगरपालिकामा वडा स्तरिय कार्यसमिति गठन गरेको छ । नेचुरल अर्गनाइजेसनका नगर कार्य समिति अध्य प्रविन टेरको अध्यक्षतामा बसेको बैठकले वडा नं २ मा २१ सदस्यीय कार्यसमिति गठन गरेको हो ।
दनपा नगर कार्यसमिति प्रविन टेरले दिएको जानकारि अनुसार वडा नं २ को कार्यसमिति अध्यक्षमा मंगला बोहरालाई चयन गरिएको हो । यस्तै दनपाले महेश चन्द, पुस्कर टेर र ललित चन्द लाई सदस्यमा मनोति गरेको छ भने आमन्त्रीत सल्लाहकार निरु टेरलाई चयन गरिएको उहाँले बताउनुभयो ।
यस्तै वडा नं २ मा सोमबार बसेको नगरकार्यासमिति सदस्यहरुको भेलाले नेचुरल अर्गनाइजेसान दनपा नगर कार्यसमितमा आबद्ध सबै सदस्यलाई सदस्यता पत्र पनि वितरण गरेको अध्यक्ष टेरले बताउनुभएको छ । भाषा, कला, साहित्य, संस्कृति, शिक्षा, स्वास्थ्य, पर्यटन कृषि सञ्चारमा वृद्धी भन्ने नाराका साथ २०७६ सालमा जिल्ला प्रशासनमा दर्ता भएको नेचुरल अर्गनाइजेसनले जिल्लाका सबै स्थानियतह तथा वडाहरुमा समिति गठन गरिरहेको छ ।
समाज परिवर्तनका लागि पहल गर्ने धेयका साथ नेचुरल अर्गनाइजेसनले बैतडीका १० ओटै स्थानियतहमा युवाको सञ्जाल विस्तार गरिरहेको हो । नेचुरल अर्गनाइजेसनले दनपा , सुर्नया र पाटनमा कार्यसमिति गठन गरिसकेको छ भने बाँकि स्थानियतहरुमा पनि समिति विस्तार हुने बताइएको छ । पालिका संग सँगै अर्गनाइजेसनले वडाहरुमा पनि समिति गठनको कार्यलाई तिब्रता दिएको छ ।