स्वास्थ्य कार्यालय बैतडीको सञ्चाकर्मीसगं अन्र्तक्रिया कार्यक्रम सम्पन्न
जनक साउद–बैतडी–पौष २६/ स्वास्थ्य कार्यालय बैतडीले सञ्चाकर्मीसगं स्वास्थ्य सम्बन्धी अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । चालु आर्थिक बर्षमा स्वास्थ्य कार्यालयबाट सञ्चालित कार्यक्रमहरुको बारेमा जानकारी गराउने उदेश्यले अन्र्तक्रिया कार्यक्रमको आयोजना गरिएको हो । स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रसाद भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्लामा कार्यरत एक दर्जन बढी सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो । स्वास्थ्य कार्यालय बैतडीका खोप सुपर भाईजर हरिश भट्टले कार्यक्रम सञ्चालन गर्नुभएको हो । स्वास्थ्य प्रमुख भट्टले चालु आर्थिक बर्षमा स्वास्थ्य कार्यालय बैतडीबाट सञ्चालित स्वास्थ्य सम्बन्धी कार्यक्रमहरुको जानकारी गराउनुभएको छ ।
बिश्ब महामारीका रुपमा फैलिएको कोरोना भाईरसको अबस्था ,नियन्त्रणमा देखिएका चुनौतीहरु र स्वास्थ्य कार्यालयको प्रयासका बारेमा कार्यक्रममा छलफल गरिएको छ । यस्तै चालु आर्थिक बर्षबाट स्वास्थ्य क्षेत्रको बिकास लागी बिभिन्न कार्यक्रमहरु सञ्चालनको तयारीमा रहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख भट्टले बताउनुभयो । कोरोना भाईरस लगायतका अन्य रोगहरुको पहिचानका बैतडीको नेपाल भारत सीमानाका झुलाघाटमा स्वास्थ्य केन्द्र स्थापना गर्ने बताईएको छ । स्थायी रुपमै स्वास्थ्य केन्द्र स्थापना गरेर कर्मचारी पदपुर्ती गरी नियमित सेवा सञ्चालन हुने छ । झुलाघाट नाकाबाट आवतजावत गर्ने नागरिकहरुको स्वास्थ्य चेकजाच गर्ने मुख्य उदेश्यले स्वास्थ्य केन्द्र स्थापना हुन लागेको हो । तत्कालका लागी १ जना अनमी र १ जना हेल्थ असिस्टेन्ट स्वास्थ्य केन्द्रमा राख्ने गरी कर्मचारी नियुक्ती प्रकृया सुरु गरिएको छ ।
स्वास्थ्य कार्यालय बैतडी मातहत रहने गरी जिल्लामा जन स्वास्थ्य प्रर्बद्धन केन्द्र स्थापना हुने भएको छ । नागरिकको स्वास्थ्य जिवनसगं प्रत्यक्ष सरोकार राख्ने कार्यक्रम सञ्चालन गरी प्रतिकारात्मक र प्रर्बद्धनात्मक सेवा सुचारु हुने भएको छ । स्वस्थ बानी ब्यबहार अपनाउन नागरिकहरुलाई अबलम्बन गर्दै प्रर्बद्धन केन्द्रले खाद्य सरोकार र स्वच्छता सम्बन्धी काम गर्ने छ । स्वास्थ्य प्रर्बद्धन केन्द्रका लागी पनी एक जना जना अनमी र १ जना हेल्थ असिस्टेन्ट नियुक्त गर्ने जनाईएको छ ।
यस्तै चालु आर्थिक बर्षबाटै योग गुरु कार्यक्रम सुरु हुने भएको छ । उक्त कार्यक्रमले योगा पद्धती र आयुर्बेदिक पद्धतिका बिभिन्न कार्यक्रम गरी स्वस्थ रहन प्रेरित गर्ने बताईएको छ । जिल्लाका तीन ओटा स्थानिय तहका १÷१ जना बिद्यालय नर्स राखेर स्वास्थ्य सम्बन्धी सेवा दिईने भएको छ । यस्तै परिवार नियोजन कार्यक्रमलाई सुदृढ बनाउन २ जना भिएसपी अनमीहरु नियुक्त गरिने भएको छ ।