बैतडी : संबिधानको धारा सहित प्रधानमन्त्रीलाई बिरोध पत्र

जनक साउद–बैतडी–पौष २४ / संसद बिघटनको बिरोध गर्दै राष्ट्रिय युवा सघं नेपाल बैतडी र अनेरास्ववियु बैतडीले प्रधानमन्त्रीलाई संयुक्त बिरोध पत्र पठाएको छ । शुक्रबार प्रमुख जिल्ला अधिकारी मोहन राज जोशी मार्फत संसद बिघटनको घोर बिरोध तथा भत्र्सना गर्दै संबिधानको सम्बन्धित धारा सहित बिरोध पत्र बुझाईएको अनेरास्ववियु बैतडीले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पौष ५ गते नेपालको संबिधानको ठाडो उल्लंघन गर्दै असंबैधानिक, अलोकतान्त्रिक एंबम स्वेच्छाचारी ढगंबाट प्रतिनिधि सभा बिघटन गरी प्रतिगामी कदम चालेको बिषय प्रति राष्ट्रिय युवा सघं नेपाल बैतडी र अनेरास्ववियु बैतडीले तीब्र आत्तती प्रकट गरेको छ ।संबिधानले प्रधानमन्त्रीलाई प्रतिनिधि सभा बिघटन गर्ने कुनै अधिकार नदिएको कुरा पनी बिरोध पत्र मार्फत प्रधानमन्त्रीलाई स्मरण गराउदै संबिधानको संम्बन्धित धाराको पुःन अध्ययन गर्न सुझाब दिईएको हो ।

No description available.

“हामीले ठुलो बलीदानीपुर्ण संघर्षबाट प्राप्त गरिएको एतिहासिक राजनैतिक परिर्बतन, संघिय लोकतान्त्रिक गणतन्त्र तथा नेपालको संबिधानको रक्षा गर्न, बर्तमान असंबैधानिक कदम तथा सबै प्रकारको प्रतिगामी षडयन्त्रलाई असफल पार्न र त्यसको लागी जस्तोसुकै संघर्ष गर्न अनेरास्ववियु बैतडी र राष्ट्रिय युवा सघं नेपाल बैतडी सक्षम छौ भन्ने चेतावनी दिन चाहन्छौ । ” अनेरास्ववियु बैतडीका संयोजक गोबिन्द सिह माल र राष्ट्रिय युवा सघं नेपाल बैतडीका ईन्चार्ज कमल बोहरा ‘अपि’ द्धारा हस्ताक्षरित संयुक्त बिरोध पत्रमा भनिएको छ । यस्तै प्रतिगमनकारी र असंबैधानिक कदमका निम्ति पश्चातापका साथ राष्टका सामु क्षमायाचना गर्न र प्रतिनिधि सभा पुनःस्थापना गरी संबिधानलाई क्रियाशिल बनाउने पक्षमा आउन बिरोध पत्र मार्फत आग्रह गरिएको छ ।

No description available.

सम्बन्धित

Leave A Reply

Your email address will not be published.