बैतडीः कोरोना संक्रमितको सङख्या ६ सय ३६ पुग्यो

पुष २४
बैतडीमा कोरोना संक्रमितको सङख्या ६ सय ३६ पुगेको छ । शुक्रबार थप एकजनामा कोरोना पुष्टि भएसंगै जिल्लामा संक्रमितको सङख्या ६ सय ३६ पुगेको हो । जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा शुक्रबार गरिएको परीक्षणमा थप एकजनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले बैतडीले जनाएको छ । शुक्रबार दशरथचन्द नगरपालिका ४ का ६९ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । यस्तै जिल्लामा ३५ जना सक्रिय कोरोनाका संक्रमित रहेका छन् । जिल्लाको दशरथचन्द नगरपालिकामा २४, पाटन नगरपालिकामा १० र दोगडाकेदार गाउँपालिकामा १ जना सक्रिय संक्रमित रहेका हुन् । तत्कालका लागि जिल्लाका ७ ओटा स्थानीय तहमा कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका छन् । बैतडीमा अहिले सम्म ७ हजार ६७६ जनाको कोरोना परीक्षण गरिएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.