बैतडीको सिगास र मेलौलीमा पनी १५ शैयाको अस्पताल निर्माण हुने
जनक साउद–बैतडी–पौष २४/ बैतडीका थप दुई स्थानिय तहमा अस्पताल निर्माण हुने भएका छन । संघिय सरकारको प्रत्येक स्थानिय तहमा ५ देखि १५ शैयाको अस्पताल निर्माण गर्ने निति तथा कार्यक्रम बमोजिम जिल्लाको सिगास गाउँपालिका र मेलौली नगरपालिकामा अस्पताल निर्माण हुने भएका हुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय बमोजिम सिगास गाउँपालिका र मेलौली नगरपालिकामा १५÷१५ शैयाको अस्पताल निर्माण गर्ने निर्णय गरेको निर्बमान प्रतिनिधि सभा सदस्य दामोदर भण्डारीका स्वकीय सचिब लोकेन्द्र भण्डारीले जानकारी दिनुभयो ।
आम नागहिररुको स्वास्थ्य सेवामा पहुँच पु¥याउने हेतुले सरकाले हरेक स्थानिय तहमा अस्पताल निर्माणको लक्ष्य लिएको छ । सोही बमोजिम यस अगाडी गत मंसिर १५ गते बैतडीका ७ ओटा स्थानिय तहहरुमा अस्पताल निर्माणका लागी शिलान्यास गरिएको थियो । बैतडीमा पाटन नगरपालिकामा १५ शैया ,पुर्चौडी नगरपालिकामा १५ शैया, सुर्नया गाउँपालिकामा १० शैया , शिबनाथ गाउँपालिकामा १० शैया, डिलाशैनी गाउँपालिकामा १० शैया, पञ्चेश्वर गाउँपालिकामा १० शैया र दोगडाकेदार गाउँपालिकामा पनि १० शैयाको अस्पताल निमार्णका लागी गत मंसिरमा शिलान्यास गरिएको थियो । दुई वर्षभित्रै अस्पतालहरुको निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।