स्वास्थ्य कार्यालय बैतडीद्धारा कर्मचारी माग ( सुचना सहित )
जनक साउद–बैतडी–पौष २१/ स्वास्थ्य कार्यालय बैतडीले कर्मचारीहरु माग गरेको छ । मगंलबार एक सुचना जारी गर्दै कार्यालयले बिभिन्न तहका कर्मचारीहरु माग गरेको हो । स्वीकृत बार्षिक कार्यक्रम अनुसार करारमा कर्मचारी भर्ना गर्नुपर्ने भएकोले सुचना प्रकाशित गरी सातौ तह, पाचौ तह र चौथो तहका कर्मचारी माग गरिएको स्वास्थ्य कार्यालय बैतडीका अधिकृत जय बहादुर कुवँरले जानकारी दिनुभएको छ ।
सातौ तह अन्र्तगत सामुदायीक स्वास्थ्य अधिकृत ३ जना, पाचौ तह अन्र्तगत हेल्थ असिस्टेन्ट २ जना र पाचौ तह अन्र्तगत बिद्यालय नर्स ३ जना माग गरिएको छ । यस्तै चौथो तह अन्र्तगत अनमी २ जना र चौथो तह अन्र्तगत नै भि एस पी अनमी २ जना माग गरिएको छ ।
कुन ठाउँमा कति परिचालन गरिन्छ ?
छनौट गरिएका कर्मचारीहरुलाई बिभिन्न ठाउँमा परिचालन गरिने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रसाद भट्टले जानकारी दिनुभएको छ । सातौ तहका ३ जना सामुदायीक स्वास्थ्य अधिकृतहरु जिल्लाका स्थानिय तहहरुमा आबश्यकताका आधारमा उपलब्ध गराईने उहाँले बताउनुभयो । नेपाल भारत सीमानाका झुलाघाटमा हेल्थ डेस्क स्थापना गर्ने र १ जना अनमी र १ जना हेल्थ असिस्टेन्टलाई परिचालन गरिने उहाँले बताउनुभयो ।
यस्तै जिल्लामा जन स्वास्थ्य प्रर्बद्धन केन्द्र स्थापना हुने र केन्द्रमा १ अनमी र १ हेल्थ असिस्टेन्ट परिचालन गरिने छ । सिगास गाउँपालिका, डिलाशैनी गाउँपालिका र मेलौली नगरपालिका गरी तीन स्थानिय तहहरुमा १÷१ जना बिद्यालय नर्स परिचालन हुने स्वास्थ्य प्रमुख भट्टले बताउनुभयो । यस्तै भिएसपी अनमीहरु परिवार नियोजन सम्बन्धीका कार्यक्रमका लागी स्वास्थ्य कार्यालय बैतडीबाटै परिचालन गरिने बताईएको छ ।