बैतडी : सशस्त्र प्रहरीद्धारा ३ लाख बढीका अबैध समान बरामद

जनक साउद–बैतडी–पौष २१ / भारतसंग सीमा जोडिएका बैतडीका बिभिन्न ठाउँहरुमा सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी) स्थापना भए पछि अबैध तस्करी नियन्त्रण हुदै गएको छ । सिमामा हुने अपराधिक गतिबिधि र अबैध तस्करी नियन्त्रणका लागी जिल्लाको झुलाघाट नाका, पञ्चेश्वर गाउँपालिकाको रोलघाट र शिवनाथ गाउँपालिकाकोे कुस्मौत घाट गरी तीन ठाउँमा बिओपी स्थापना गए पछि अबैध रुपमा हुदै आएको तस्करी नियन्त्रणमा आउन थालेको हो ।

चालु आर्थिक बर्षको अहिलेसम्म बिभिन्न समसयमा गरी सशस्त्र प्रहरीले ३ लाख बढीका अबैध समान बरामद गरेको सशस्त्र प्रहरीको नम्बर ५१ गुल्म बैतडीका प्रमुख, सशस्त्र प्रहरी नायव उपरीक्षक गणेश शाहले जानकारी दिनुभएको छ । चालु आर्थिक बर्षमा ३ लाख २९ हजार ७ सय १२ मुल्य बराबरको भन्सार छलेर ल्याउदै गरेको अबैध बिडि र चप्पल बरामद गरिएको उहाँको भनाई छ । चालु आर्थिक बर्ष २०७७÷०७८ मा श्रावन २७ गते ५२ हजार १ सय बराबरका ५ सय २१ जोर चप्पल बरामद गरिएको थियो । असोज ६ गते ८ हजार १ सय बराबरको ३ पेटी तेल बरामद गरिएको थियो ।

कार्तिक २२ गते सशस्त्रको बिओपी टोलीले १ लाख ५ हजार बराबरको अबैध बिडि बरामद गरेको सशस्त्र प्रहरीको नम्बर ५१ गुल्म बैतडीले जनाएको छ । चालु आर्थिक बर्षमा अहिलेसम्म सबैभन्दा ठुलो परिमाणमा पौष ९ गते १ लाख ६४ हजार ५ सय १३ मुल्य बराबरको अबैध बिडि बरामद गरिएको हो । बिओपीहरु स्थापना भएर सीमानाहरुमा सशस्त्र प्रहरीले गस्ती गर्न थाले पछि अबैध रुपमा समान तस्कर गर्नहरु पक्राउ पर्न थालेका हुन ।

यसै बिच जिल्लाका थप ३ ठाउँमा सशस्त्र प्रहरी बिओपी स्थापना गर्ने जनाएको छ । दशरथचन्द नगरपालिकाको बाराकोट, पञ्चेश्वर गाउँपालिकाको विनायक घाट र बलारा घाटमा सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी) स्थापना हुने जनाईएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.