बैतडीमा स्काभेटर र्दुघटना, चालकको मृत्यु
बैतडी–पौष १८ / बैतडीमा स्काभेटर र्दुघटनामा परी एक चालकको मृत्यु भएको छ । शनिबार दिउसो २ बजेतिर जिल्लाको मेलौली नगरपालिका ३ ठुलोखोला स्थित पाटन पञ्चेश्वर सडकखण्डमा बा २ क २०६ नम्बरको स्काभेटर र्दुघटना भएको हो । र्दुघटनामा परी मृत्यु हुनेमा कैलालीको निगालीका २५ बर्षीय हेमन्त धामी रहेका छन । क्रसरको मेसिन अनलोड गर्नेका क्रममा स्काभेटर एक्कासी सडकबाट ३० मिटर तल खस्दा चालक धामीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ । घटना स्थलमा ईलाका प्रहरी कार्यालय तस्वदेहीबाट प्रहरी नायब निरिक्षक जनक सिह धामीको कमाण्डमा ९ जनाको टोली खटिएको छ । यस्तै थप अनुसन्धानका लागी ईलाका प्रहरी कार्यालय पाटन बैतडीबाट प्रहरी निरिक्षक धनदेब साउदको कमाण्डमा ७ जनाको टोली खटिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।