नेपाल बिद्यार्थी सघं बैतडीद्धारा एक बिद्यालयलाई स्वास्थ्य सामाग्री सहयोग

जनक साउद–बैतडी–पौष १६/  नेपाल बिद्यार्थी सघं बैतडीले एक बिद्यालयमा स्वास्थ्य सामाग्रीहरु सहयोग गरेको छ । ४५ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अबसरमा जिल्लाको पाटन नगरपालिका ३ गौरीसंकर पोखरीमामा रहेको सिगास माध्यमिक बिद्यालयका शिक्षकहरु र बिद्यार्थीहरुका लागी स्वास्थ्य सामाग्री सहयोग गरेको नेपाल बिद्यार्थी सघं बैतडीका अध्यक्ष कपिल केसीले जानकारी दिनुभएको छ । आज उक्त बिद्यालयका शिक्षक र बिद्यार्थीहरुको संख्याको आधारमा ६ सय थान सर्जिकल मास्क, २५ थान के ९५ मास्क र २ लिटर स्यानीटाईजर सहयोग गरेको उहाँले बताउनुभयो । बिद्यालयका प्रधानाध्यापक धनी दत्त पन्तलाई उक्त सामाग्रीहरु हस्तान्रण गरिएको हो । पछिल्लो समयमा कोरोनाको संक्रमण झनै बढेको र बिद्यालयहरु पनी सञ्चालन भएकोले संक्रमणबाट बच्न सहज होस भन्ने उदेश्यले मास्क र स्यानीटाईजर बितरण गरेको नेपाल बिद्यार्थी सघं बैतडीले जनाएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.