१६ बर्षीय बिशालले आफुले अध्ययन गरेको बिद्यालयमा सरस्वतीको मन्दिर निर्माण कार्य थाले
जनक साउद–बैतडी–पौष १६/ बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर ४ मा रहेको उदयदेब माध्यमिक बिद्यालय पालीगाडामा सरस्वती माताको मन्दिर निर्माणका लागी शिलान्यास गरिएको छ । सोही ठाँउका १६ बर्षीय बिशाल भट्टले ब्यक्तिगत लगानीमा सरस्वती माताको मन्दिर निर्माण गर्न लागेका हुन । मन्दिर निर्माणका लागी उक्त बिद्यालयहका प्रधानाध्यापक कालु सिह साउदले शिलान्यास गरेका छन । बिंसं. २०४१ सालमा स्थापना भएको उक्त बिद्यालयमा मन्दिर नहुदा सरस्वतीको पुजा गर्नका लागी पनी समस्या रहेको हुदाँ आफुले मन्दिर निर्माणको लागी पहल थालेको लगानीकर्ता भट्टले बताएका छन । मन्दिर निर्माणका लागी कतैबाट पनि पहल नभए पछि आफुले ब्यक्तिगत लागनीमा मन्दिर निर्माण कार्य थालेको उनको भनाई छ ।
आफुले उक्त कार्यको थालनी गरे पछि बिद्यालयले पनी सहयोग गर्ने आश्वासन दिएको उनले बताए । बाल अधिकारीकर्मी तथा सुर्नया बाल सञ्जालको उपाध्यक्ष समेत रहेका भट्टले आफुले कक्षा १० सम्म अध्ययन गरेको बिद्यालयमा सरस्वतीको मन्दिर निर्माण गर्न पाउदा खुसी लागेको बताएका छन । उनी अहिले धनगढीमा कक्षा ११ मा कानुन बिषय पढीरहेका छन । “यही बिद्यालयमा पढेकाहरु राम्रो राम्रो स्थानमा पुग्दा पनी बिद्यालयमा मन्दिर निर्माणका लागी कसैको ध्यान गएन । मैले अरुले पनी केही सिकुन भनेर यो कार्य अगाडी बढाएको हुँ । ”उनले भने । अभिभावकको उचित संरक्षण र मार्ग निर्देशको अभाबमा अहिले कयौ बालबालीकाहरु कुलतको बाटोमा फसेका उदाहरणहरु थुप्रै छन । तर बिशालले १६ बर्षको उमेर गरेको यो कार्य साच्चिकै प्रंसनिय रहेको छ ।