बैतडीमा प्रचण्ड–नेपाल समुह बलियो रहेको दाबी
बैतडी–पौष १६ / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई खेमामा बिभाजित भए पछि बैतडीमा प्रचण्ड–नेपाल समुह बलियो रहेको दाबी गरिएको छ । प्रचण्ड–नेपाल समुहद्धारा गत मगंलबार संसद बिघटनको बिरोधमा सदरमुकाम गोठलापानीमा गरिएको प्रर्दशन पश्चात बसेको जिल्ला कमिटिको बिस्तारित बैठकमा उपस्थितिको आधारमा प्रचण्ड–नेपाल समुह बलियो रहेको दाबी गरिएको हो । नेकपा जिल्ला कमिटिमा जम्मा १ सय ३५ जना रहेकोमा ३ जनाको निधन भएको र १ जना कार्बाहीमा परे पश्चात १ सय ३१ जना रहेका छन । १ सय ३१ जना मध्ये मगंलबारको बिस्तारित बैठकमा ९० जनाको उपस्थिति रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बैतडी जिल्ला कमिटि सचिवालय सदस्य कमल बोहराले जानकारी दिनुभएको छ ।
यस्तै जिल्ला कमिटिका केही सदस्यहरुले बिबिध कारण बिस्तारित बैठकमा आउन नपाएको तर आफुहरु प्रचण्ड–नेपाल समुहमै रहेको भनी जानकारी गराएको स्रोतले बताएको छ । यस्तै जिल्ला कमिटि सचिवालयमा पनी जम्मा ४२ जना रहेकोमा २८ जना बिस्तारित बैठकमा सहभागी भएको दाबी गरिएको छ । जिल्ला कमिटि र सचिवालय सदस्यहरु पनी प्रचण्ड–नेपाल समुहमा बढी रहेकोले आफुहरुको पक्ष बलियो रहेको प्रचण्ड–नेपाल समुहले बताउदै आएको छ ।
यस्तै गत मगंलबार बसेको जिल्ला कमिटिको बिस्तारित बैठकले संसद बिघटनका बिरुद्ध पालिका स्तरमा पनी बिरोध प्रर्दशन गर्ने निर्णय गरेको नेकपा बैतडी ईन्चार्ज नरेन्द्र कुंवर ‘बिजयसुन्दर’ ले जानकारी दिनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको असंबैधानिक कदमका बिरुद्ध तल्लो तहबाटै प्रतिकार गर्ने उहाँले बताउनुभयो । प्रधानमन्त्री ओलीले जनमतको कदर गर्न नसकेको भन्दै उहाँले अब नेपालका प्रत्येक प्रजातान्त्रिक र लोकतन्त्र बादी शक्तिहरुले प्रधानमन्त्री ओलीको असंबैधानिक कदमका बिरुद्धमा घनिभुत रुपमा संर्घष चलाएर अगाडी बढाउन नसकेमा नेपाली नागरिकहरुको ७ दशकको उपलब्धि गुम्न सक्ने खतरा रहेको बताउनुभयो ।