मगंलबार बैतडीमा नेकपाको कुनै कार्यक्रम छैन : नेकपा जिल्ला अध्यक्ष पाल

बैतडी–पौष १३ / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बैतडीले पौष १४ गते जिल्लामा नेकपाको बिस्तारित बैठक हुने भनी बाहिर आएका सुचनाहरु प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेकपा जिल्ला कमिटिले सोमबार एक जानकारी पत्र जारी गर्दै भोली मगंलबार जिल्लामा कुनै कार्यक्रम नरहेको बताएको छ । “पौष १४ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटिको बिस्तारित बैठक रहेको भनि बिभिन्न माध्यमहरुबाट भ्रामक सुचनाहरु प्रेषित भईरहेको प्रति गम्भीर ध्यानाकर्षण भएको छ । ”

नेकपा बैतडी अध्यक्ष सुरेन्द्र पालद्धारा हस्ताक्षरित पत्रमा भनिएको छ । कुनै पनी कार्यक्रमहरु नरहेकोले कहिकतै पनी भ्रममा नपर्न पत्र मार्फत जिल्ला कमिटिका पदाधिकारी लगायत सदस्यहरु, नगर कमिटि, गाउँ कमिटि लगायत अन्य कार्यकर्ताहरुलाई आग्रह गरिएको छ ।

केही दिन अगाडी मात्रै पालले ओली समुहको केन्द्रिय कमिटि सदस्यको जिम्मेबारी पाएका थिए । यही पौष ५ गते संसद बिघटन भए पछि नेपाल कम्युनिष्ट पार्टी नेकपा २ खेमामा बिभाजन भएको छ । प्रचण्ड नेपाल समुहका कार्यकर्ताहरुले पौष १४ गते संसद बिघटन बिरुद्ध बैतडीको सदरमुकाम गोठलापानीमा कार्यक्रम रहेको बताउदै आएका छन । तर जिल्ला कमिटिले कुनै कार्यक्रम छैन भनी पत्र जारी गरेको छ । नेकपा २ पक्षमा बिभाजित भए पछि ओली समुह र प्रचण्ड नेपाल समुहका कार्यकर्ता बिच बिभिन्न बिषयबस्तुहरुमा चर्काचर्की हुदै आएको छ ।

No photo description available.

सम्बन्धित

Leave A Reply

Your email address will not be published.