बैतडीमा कोरोना संक्रमितको सङ्ख्या ६सय ८ पुग्यो, ४१ सक्रिय
पुष- १३ /सोमबार बैतडीका थप दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा जिल्लाका थप दुइ जनामा कोरोना पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा पाटन ८का २८ पर्षिय पुरुष र हाल पाटन ८ कार्यरत दशरथचन्द नगरपालिका वडा नं ४ का ३७ वर्षिय पुरुष रहेका स्वास्थ्य कार्यालय बैतडीका कम्प्युटर अपरेटर महेन्द्र सिहँ रावलले जानकारि दिनुभएको छ । सोमबार थप दुईजनामा कोरोना पुष्टि भएसंगै बैतडीमा कुल कोरोना संक्रमितको सङ्ख्या ६सय ८ पुगेको उहाँले बताउनुभयो । बैतडीमा कोरोनाका ४१ जना मात्रै सक्रिय संक्रमित रहेका बताइएको छ । सक्रिय संक्रमित मध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा ३१ जना, पाटन नगरपालिकामा७ जना, सुर्नया गाउँपालिकामा २ जना र मेलौली नगरपालिकामा १ जना रहेका छन् । हाल जिल्लाका ६ ओटा स्थानीय तहमा भने सक्रिय कोरोनाका संक्रमित शुन्य रहेका छन् । अहिले सम्म जिल्लाका ६सय ८ जनामा कोरोना पुष्टि भएकोमा ५ सय ६६ जनाले कोरोना जितेका छन भने १ जनाको मृत्युभइसकेको छ ।