बैतडीमा कोरोना संक्रमितको सङ्ख्या ६ सय ६ पुग्यो
पुष -९/ बैतडीमा कोरोना भाइरस कोभिड १९ का संक्रमितको सङ्ख्या ६ सय ६ पुगेको छ। जिल्ला अस्पातल बैतडीको प्रयोगशालामा भएको परीक्षणमा बिहीबार थप ४ जनामा कोरोना पुष्टि भएसंगै जिल्लामा कोरोनाका बिरामकिो सङ्ख्या ६ सय ६ पुगेको हो ।
बिहीबार थप ४ जनामा कोरोना पुष्टि भएको छ । दशरथचन्द नगरपालिका ४ का ३५, ५२ र ५७ बर्षीय पुरुष र मेलौली नगरपालिका ५ का ४४ बर्षीय पुरुष गरि थप ४ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालयका स्टाफ नर्स दीपा मौनीले जानकारी दिनुभयो ।
बैतडीमा ६सय ६ जना संक्रमित मध्ये ४४ जना सक्रिय संक्रमित रहेका छन् । कोरोनाका सक्रिय संक्रमित मध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा ३२, पाटन नगरपालिकामा ५, डिलाशैनी गाउँपालिका, सुर्नया गाउँपालिका र दोगडाकेदार गाउँपालिकामा २/२ जना र मेलौली नगरपालिकामा एकजना रहेका छन् । अन्य चार स्थानियतहमा भने कोरोनाका सक्रिय संक्रमित शून्य रहेका छन ।
बैतडीमा अहिले सम्म ६ सय६ जनामा कोरोना पुष्टि भएकोमा ५ सय ६१ निको भइसकेका छन भने एकजनाको मृत्यु भईसकेको छ ।