बैतडीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु, २ गम्भीर घाइते

पुष -९ /बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज बिहान ५ बजे खोड्पेबाट बझाङ् बित्थडका लागी छुटेको से १ ज ८४३ नम्बरको बोलेरो जिप जयपृथ्बी राजमार्गको सुर्नया गाउँपालिका ८ आलगैरा भन्ने स्थानमा दुर्घटना हुँदा बझाङ् बुंगल नगरपालिका ११ का जिप चालक अन्दाजी २७ बर्षिय धन बहादुर बोहराको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता जनक सिहँ धामिले दुर्घटनामा परि एक जनाको मृत्यु भएको र अन्य ३ जना घाईते भएका  बताउनुभयाे । घाईते हुनेमा बैतडीका पुर्चाैडी नगरपालिका ४ भटनाका अन्दाजी ४० बर्षिय गंगादत्त भट्ट , सोही ठाउँका ३५ बर्षिय जनक भट्ट रहेका उहाँकाे भनाइ  छ ।  घाईते दुवैकाे अवस्था गम्भीर रहेको उहाँले बताउनुभयो । यस्तै  दुर्घटनामा परी घाइते भएका बझाङको बित्थडचीर गाउँपालिकाका हरिश बोहराको अवस्था भने सामान्य रहेको बताइएको छ ।

गम्भीर घाइतेहरुलाई उपचार लागी डडेल्धुरा अस्पताल पठाईएको प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार जिपमा चालक सहित ४ जना सवार रहेका हुन। घटनाको कारण खुलेको छैन । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जिप सडकबाट करिब १ सय ५० मिटर तल खसेको बताइएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.