बैतडीका थप ८ जनामा कोरोना संक्रमण पुष्टि

पुष -७ / बैतडीका थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा ४ जना र डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा ४ गरि थप ८ जनामा कोरोना पुष्टि भएको हो।

जिल्ला अस्पतालको प्रयोगशालामा दशरथचन्द नगरपालिकाका ४ जना र डडेल्धुराको प्रयोगशालमा गरिएको परीक्षणमा पाटन नगरपालिकाका ४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीमा कार्यरत स्टाफ नर्स दिपा मौनीले जानकारि दिनुभएको छ ।

जिल्ला अस्पतालमा गरिएको कोरोना परीक्षणमा संक्रण पुष्टि हुनेमा जिल्ला प्रहरी कार्यालय बैतडीमा कार्यत ३० वर्षिय पुरुष दशरथचन्द नगरपालिका वडा नं ४ का २१ र ४२ वर्षिया दुई महिला र ५० वर्षिय १ पुरुष गरि थप ४ जना रहेका जिल्ला अस्पताल बैतडीका सुचना अधिकारि मोहन ठगुन्नाले जानकारि दिनुभएको छ ।

मंगलबार ३८ जनाको स्वाब परीक्षण गरिएकोमा ६ जनाको रिर्पाेट पोजिटिभ आएको र बाँकी सबैजनाको रिपोर्ट नेगेटिभ आएको उहाँले बताउनुभयो । सुचना अधिकारि ठगुन्नाका अनुसार  ४ जना नयाँ सक्रमति हुन र दुई जनाको फलोअफ रिर्पाेट पोजिटिभ आएको हो ।

यस्तै डडेल्धुराको प्रयोगशालमा गरिएको परीक्षणमा पाटन नगरपालिका वडा नं ८ का २० वर्षिय पुरुष र पाटनकै वडा नं १० का ३ जना १०,२० र३६ वर्षका पुरुष रहेको स्वास्थ्य कार्यालय बैतडीमा कार्यरत स्टाफ नर्स मौनीले बताउनुभयो । मंगलबार थप ८ जनामा कोरोना पुष्टि भए संगै बैतडीमा कुल कोरोना संक्रमितको सङख्या ६ सय २ पुगेको उहाँले बताउनुभयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.