बैतडीमा ७ स्थानियतहका मुख्य बजार अनुगमन, १२ लाखका अखाद्य सामग्री नष्ट

बैतडी -पुष ७ / बैतडीमा बजार अनुगमनका क्रममा लाखौँ मुल्य बराबरका लेवल नाघेका सामग्री बरामद गरि नष्ट गरिएको छ । जिल्लाको सँयुक्त बजार अनुगमन टोलीले ७ ओटा स्थानियतहरुका मुख्य बजारहरुमा गरेको अनुगमनाका क्रममा फेलापरेका १२ लाखका लेवल नाघेका अखाद्य बस्तुहरु बरामद गरेर नष्ट गरेको हो ।

उपभोक्ताहरुको अधिकार संरक्षणका लागि चालु आर्थिक वर्षको शुरुवात देखि नै बैतडीमा बजार अनुगमन गरिएकोमा ४ महिनाको अवधीमा सो मुल्य बराबरका अखाद्य बस्तुहरु बरामद गरेर नष्ट गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बैतडीका प्रमुख कृष्णदत्त लेखकले जानकारि दिनुभएको छ ।

बजार अनुगमनका क्रममा उपभोक्ताहरुलाई पनि अधिकारबारेमा जानकारी दिने गरिएको उहाँको भनाई छ ।  जिल्लामा संयुक्त बजार अनुगमन समितिले बजार अनुगमन कार्य गरिरहेको छ । चालु आर्थिक बर्षको शुरुवातदेखि बजार अनुगमन कार्य गरिएको संयुक्त बजार अनुगमन टोलिले ७ पालिकाकाका मुख्य बजारहरुमा अनुगमन गरिसकेको छ भने बाँकि ३ पालिकाका बजारहरुमा पनि अनुगमन गरिने बताइएको छ ।

पछिल्लो समय केहि व्यापारिहरुले उपभोग्य मिति हेरेर आफलै म्याद नाघेको अखाद्य बस्तु नष्ट गरेकोले यसबाट उपभोक्ताको हितको लागि विक्रेता पनि जिम्मेवार भएका भन्न सकिने अनुगमन गर्ने टोलीको भनाईछ । यस्तै बजार अनुगमनका क्रममा ४२ ओटा खाद्य वस्तुको नमूना संकलन गरिएको छ ।

ती मध्ये ११ओटा नमूना प्रतिकुल आएका छन । नमूना प्रतिकुल देखिएपछि व्यापारीहरुमाथि अनुसन्धानको भइरहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बैतडीले जनाएको छ । यस्तै गत बर्ष ४ ओटा खाद्य वस्तुका नमूना प्रतिकुल आएकोमा २ व्यापारीमाथि कारवाही  गरिएकाे थियाे ।  बजार अनुगमन गरेर कार्बाहीको दायरामा ल्याउन थालिएपछि खाद्य अधिकारका बारेमा व्यापारि र उपभोक्ताहरु सचेत हुँदै  गएका छन ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.