प्रतिनिधि सभा विघटन गरेको विरोधमा बैतडीमा प्रदर्शन
पुष- ६/ नेपाली कांग्रेसको भातृसंस्था नेपाल विद्यार्थी संघले बैतडीमा जुलुस प्रर्दशन गरेको छ । प्रतिनिधि सभा विघटन गरेको विरोधमा जुलुस निकालेर जिल्लाको पाटनमा प्रदर्शन गरिएको हो । प्रधानमन्त्री र राष्ट्रपतिले असंवैधानिक कदम चालेर लोकतन्त्रमाथि नै खतरा उत्पन्न गराएकाले त्यसका विरुद्ध आफूहरु आन्दोलनमा उत्रेको नेपाल विद्यार्थी संघ बैतडीका अध्यक्ष कपील केसीले जानकारी दिनुभयो । नेपाली कांग्रेसको क्षेत्रीय कार्यालयबाट लोकतान्त्रिक युवाहरुको उपस्थीतमा गरिएको ¥र्याली सहितको विरोध प्रदर्शन पाटन चौराहा पुगेर कोणसभामा परिणत भएको थियो ।
बिरोध प्रर्दशन पश्चात कोण सभालाई नेपाली कांग्रेसका महासमिति सदस्य हरिमोहन भण्डारी, नेपाली कांग्रेस बैतडीका कोषाध्यक्ष रमेश पाण्डेय, नेपाल दलित संघका जिल्ला अध्यक्ष रमेश कोली र नेपाली विद्यार्थी संघ बैतडीका अध्यक्ष कपील केसीले सम्बोधन गर्नुभएको थियो । सम्बोधन गर्दै उहाँहरुले प्रधानमन्त्री ओली द्वारा गरिएको संसद विघटनको निर्णय असंबैधानिक, अलोकतान्त्रिक ,सर्वसत्तावाद र जनमतको अवमूल्यन भएको बताउनुभयो । उहाँले संसदमा दुई तिहाइ मत प्राप्त सरकारद्वारा नै यस्तो निर्णय हुनुले जनताद्वारा राजनीतिक दलप्रती अबिश्वास सृजना भएको बताउनुभएको छ । सम्बोधनका क्रममा नेताहरुले सरकारले संसद विघटन गरेर सर्वसत्तावाद लाद्न खोजेका बताएका छन् । प्राप्त लोकतन्त्रलाई मास्ने प्रवृतिका साथ प्रधानमन्त्री र राष्ट्रपतिले असंवैधानिक कदम चालेको उनीहरुको भनाइ छ ।