प्रधानमन्त्रीले आज देशवासीलाई सम्बोधन गर्ने
६ पुस, काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले साेमबार देशवासीका नाममा सम्बोधन गर्नुहुने भएको छ । दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारबाट ओलीले देशवासीका नाममा सम्बोधन गर्न लागेको उहाँको सचिवालयले जनाएको छ ।
प्रतिनिधि सभा विघटन भइ ताजा जनादेशका लागि नयाँ चुनावकाे मिति आइतबार तय भएपछि यस विषयमा प्रधानमन्त्रीले स्पष्ट पार्न लाग्नुभएको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । आजै प्रधानमन्त्री ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य र निवर्तमान सांसद्सँग बालुवाटारमा परामर्श गर्नुभएको थियो ।
संसद् विघटनपछि नेकपासहित अन्य पार्टीहरूले विराेध गइरहेका छन्, देशैभरि प्रदर्शन भइरहेकाे छ ।