चितुवाको आक्रमणबाट ज्यान गुमाएकी किशोरीको परिवारलाई राहत
पुष -५ / बैतडीको शिबनाथ गाउँपालिकाले चितुवाको आक्रमणबाट मृत्युभएका परिवार र चितुवा मार्ने क्रममा घाइतेभएका लाई राहत तथा उपचार खर्च प्रदान गरेको छ । गत कार्तिक २४ गते चितुवाको आक्रमणमा परी ज्यान गुमाएकी बैतडीको शिबनाथ गाउँपालिका वडा नं ४ बगराकी माया महताको परिवरालाई ५० हजार र चितुवा मार्नेक्रममा घाइतेभएका चार जनालाई उपचारकालागि जनही २० हजार प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष कर्ण सिहँ साउदले जानकारि दिनुभएको छ ।
आइतबार मृतक माया महताका बुवा दुर्गा सिहँ महतालाई राहत स्वरुप ५०हजारको चेक प्रदान गरिएको उहाँले बताउनुभयो । यस्तै किशोरिको ज्यान लिने नभंक्षी चितुवा मार्ने क्रममा घाइतेभएका कृष्ण सिहँ महता, अर्जुन सिहँ महता , राम सिहँ महता , र शुरेन्द्र सिहँ महतालाई उपचार बाफत २० ÷२० हजारको चेक प्रदान गरेको उहाँले बतााउनुभयो ।
गाउँपालिकामा शनिबार बसेको विपद् व्यवस्थापन समितिले मृतकका परिवारलाई ५० हजार र घाइतेभएकाहरुलाई उपचारका लागि नगद सहयोग गर्ने निर्णय गरेकाले सोहि निर्णय बमोजिम आइतबार एक कार्याक्रमका बिच उनिहरुलाई राहत बितरण गरिएको गाउँपालिका अध्यक्ष साउदले बताउनुभएको छ ।
गत कार्तिक २४ गतेघाँस काट्न सीमाक्षेत्र डडेल्धुराको भागेश्वर गाउँपालिका–१ मर्मागाड पुगेकी किशोरीको चितुवाले ज्यानलिएको थियो । किशोरीलाई आक्रमण गरि ज्यानलिने चितुवालाई स्थानियहरुले मिलेर मारेका थिए । चितुवा मार्ने क्रममा ४ जना घाइते भएका थिए ।