बैतडीमा बन्ध्याकरण गर्ने पुरुष बढे
डीआर भट्ट -पुष ४ गते/ बैतडीमा स्थायी बन्ध्याकरण ( भ्यासेक्टोमी) गर्ने पुरुषको संख्या बढ्दै गएको छ । गत वर्षको तुलनामा यो वर्ष जिल्लामा बन्ध्याकरण गराउने पुरुषहरुको प्रतिशतमा बृद्धिभएको हो ।
प्रतिशतका हिसाबले गत वर्षको तुलनामा यो वर्ष प्रथमचरणकै शिविरमा स्थायी बन्धाकरण गर्ने पुरुष बढेका स्वास्थ्य कार्यालय बैतडीले जनकारी दिएको छ ।
गत वर्ष दुई चरणमा शिविर सञ्चालन गर्दा महिला र पुरुष गरि जम्मा १५३ जनाले स्थायी बन्ध्याकरण गराएका थिए । ती मध्ये ४५ पुरुष थिए । अहिले प्रथम चरणको शिविर सम्पन्न गर्दा महिला पुरुष गरि ९३ जनाले स्थायी बन्ध्याकरण गराए जसमध्ये २८ पुरुष रहेका छन् ।
बैतडीमा प्रत्येक वर्ष निःशुल्क बबन्ध्याकरण शिविर सञ्चालन हुँदै आएको छ । यो वर्ष स्वास्थ्य कार्यालय बैतडीको आयोजना र सुनौलौ परिवार नेपाल (मेरी स्टोप्स ईन्टरनेसनल) को प्राविधिक सहयोगमा गत मंसिर १० गतेदेखि २९ गतेसम्म जिल्लाका बिभिन्न १३ स्थानहरुमा निःशुल्क परिवार नियोजन शिविरमा सञ्चालन भएको थियो ।
शिविरमा स्थायी बन्धायकरण गर्ने पुरुषको संख्या बढेको स्वास्थ्य कार्यालय बैतडीका खोप सुपरभाईजर हरिश प्रसाद भट्टले बताउनुभयो ।
प्रतिशतको हिसावले नतिजा हेर्ने हो भने अहिले स्थायी बन्ध्याकरण गाराउने पुरुष बढ्दै गएका उहाँको भनाई छ । यो वर्ष दोस्रो चरणमा शिविर सञ्चालन हुन भने बाँकी छ । अहिले प्रथम चरणमै गत वर्ष भन्दा यो वर्ष एक प्रतिशतले बढेको उहाँले बताउनुभयो ।
प्रथम चरणकै शिबिरमा प्रतिशतको हिसाबले गत वर्ष भन्दा यो वर्ष स्थायी बन्ध्याकरण गर्ने पुरुष बढेका बताइएको छ ।
स्थायी बन्ध्याकरण गरेपछि यौन क्षमता घट्छ , स्वास्थ्यमा नकारात्मक असर पर्छ, शरीर कमजोर हुन्छ, भन्ने गलत धारणामा कमी आएपछि अहिले स्थायी बन्ध्याकरण गराउने पुरुष बढ्दै गएका खोप सुपरभाईजर भट्टले बताउनुभयो ।
सन्तानको रहर पूरा गरी भ्यासेक्टोमी गरेका पुरुषहरुलाई लामो समयपछि पुनः सन्तानको थप रहर भए रिक्यानालाइजेसन ( नसा फुकाउन) सकिने स्वास्थ्यकर्मीले बताएका छन् ।
स्थायी बन्ध्याकरणप्रति पुरुषहरूको रुचि बढ्दै गएका कारण महिलाहरूलनै मिनिल्याप गर्नेु पर्ने बाध्यता अहिले क्रमशः घट्दै गएको छ ।
भ्यासेक्टोमी प्रति पुरुषहरुको रुची बढ्दैगएपछि समाजमा परिवार नियोजनका साधन महिलाले नै प्रयोग गर्नुपर्ने मान्यता पनि घट्दै जाने विश्वास गरिएको छ ।
यो वर्ष प्रथम चरणको शिविर सम्पन्न भइसकेको र दोस्रोचरणको स्थायी बन्ध्याकरण शिविर माघ महिनामा सञ्चालन हुने स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।
शिविरमा स्थायी बन्ध्याकरण अन्र्तगत भ्यासेक्टोमी र मिनिल्याप तथा लामो अबधीका अस्थायी साधन अन्र्तगत आई.यु.सि.डि. र इम्प्लान्ट राख्ने सेवा दिईदै आईएको छ ।