बैतडीका ५ स्थानियतहमा कोरोनाका सक्रिय संक्रमित शून्य
पुष-१/ बैतडीका १० स्थानियतह मध्ये ५ स्थानियतहमा कोरोनाका सक्रिय संक्रमित शून्य रहेका छन् । जिल्लाको पुर्चौडी नगरपालिका, मैलाली नगरपालिका, पञ्चेश्वर गाउँपालिका, शिबनाथ गाउँपाकि र सिगास गाउँपालिकामा हाल कोरोनका सक्रिय संक्रमित शून्य रहेका हुन् ।
५ स्थानियतहमा हाल एक जना पनि कोरोनाका सक्रिय संक्रमित नरहेका स्वास्थ्य कार्यालय बैतडीका कोभीड१९ सम्पर्क व्यक्ति भुवन प्रशाद जोशीले जानकारि दिनुभएको छ । पाँच स्थानियतहमा कोरोना संक्रमण पुष्टि भएका नागरिकहरुलाई सन्चो लागेर डिस्चार्ज भएपछि हाल सो पालिकाहरुमा सक्रिय कोरोनाका संक्रमित शून्य रहेका उहाँले बताउनुभएको छ ।
मैलौलीका ४७ , पुर्चौडी नगरपालिकाका २६, सिगास गाउँपालिकाका ५५ जना , पञ्चेश्वरका ६३ र शिबनाथ गाउँपालिकाका ५१ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा अहिले सबैजनाले कोरोना जितिसकेका कोभिड १९ सम्पर्क व्यक्ती जोशीले बताउनुभयो ।
बैतडीमा कोरोना भाइरसका ५७ जनामात्रै सक्रिय संक्रमित रहेका छन् । जिल्लाको दशरथचन्द नगरपालिकामा हाल सबैभन्दा बढी ३० जना सक्रिय रहेका छन । यस्तै डिलाशैनी गाउँपालिकामा १७, पाटन नगरपालिकामा ६,सुर्नया गाउँपालिका र दोगडाकेदार गाउँपालिकामा २÷२ जना सक्रिय संक्रमित रहेका हुन ।
यस्तै बैतडीमा अहिले सम्म ७ हजार भढी को पिसिआर विधीबाट कोरोना परीक्षण गरिएको छ ।स्वास्थ्य कार्यालय बैतडीले दिएको जानकारि अनुसार बैतडीका ५ हजार ८ सय ८५ पुरुष र १४ सय ७ महीला गरि ७ हजार २ स य ६५ जनाको पिसीआर विधिबाट कोरोना परीक्षण भइसकेको जनाएको छ । बैतडीमा अहिले सम्म ५ सय ९१ ज्नामा कोरोना पुष्टि भएकोमा ५ सय ३१ ज्नाले कोरोना जितेका छन भने १ जनाको मृत्यु भइसकेको छ ।