जिल्ला अस्पताल बैतडीमा शुक्रबार बिशेषज्ञ डाक्टरले सेवा दिने

बैतडी–पौष १/ जिल्ला अस्पताल बैतडीमा अब प्रत्येक हप्ताको शुक्रबार बिशेषज्ञ डाक्टरले सेवा दिने भएका छन । संघिय सरकरको बिशेष पहलमा जिल्ला अस्पतालमा बिशेषज्ञ डाक्टर आएर बिभिन्न रोगहरुको उपचार गर्ने जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर बशन्त राज जोशीले जानकारी दिनुभएको छ । अगामी शुक्रबार अर्थात पौष ३ गतेका दिन फोक्सो, मुटु, पेट, मधुमेह र उच्च रक्तचाप भएका बिरामीहरुको उपचारका लागी ईन्टरनल मेडिसिन बिषयका बिशेषज्ञ डाक्टर आउने उहाँले बताउनुभयो । प्रत्येक शुक्रबार फरक बिषयका बिशेषज्ञ डाक्टर आएर सेवा दिने सम्झौता भएको जिल्ला अस्पताल बैतडीले जानकारी दिएको छ । जिल्लामै बिभिन्न् रोगहरुको उपचारका लागी बिषय बिशेषज्ञ डाक्टरहरु आउने भए पछि यहाँका नागरिकहरुलाई सहज हुने अपेक्षा गरिएको छ ।

Image may contain: text

सम्बन्धित

Leave A Reply

Your email address will not be published.