शिद्धेश्वर बचत तथा ऋण सहकारी संस्थाको २१ औं साधारण सभा सम्पन्न
बैतडी–मंसिर २७ / बैतडीको पाटन नगरपालिका वडा नम्बर ८ खोड्पेमा रहेको शिद्धेश्वर बचत तथा ऋण सहकारी संस्थाको २१ औं साधारण सभा सम्पन्न भएको छ । सहकारी संस्थाका अध्यक्ष हरिश बिष्टको अध्यक्षता तथा पाटन नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष देबेन्द्र कुंबरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । बिं.सं. २०५७ सालमा स्थापना भएको उक्त सहकारी संस्थाका ९ सय ३४ जना सेयर सदस्यहरु र २ सय ६८ बाल बचत कर्ताहरु रहेको शिद्धेश्वर बचत तथा ऋण सहकारी संस्थाका सह ब्यबस्थापक डम्मर भट्टले जानकारी दिनुभएको छ ।
यस्तै सहकारीको स्थापना कालदेखि हालसम्मको आयब्यय २ करोड ३३ लाख १३ हजार ६ सय ९१ रहेको उहाँले बताउनुभएको छ । यस्तै उक्त संस्थाको नयाँ कार्य समिति समेत गठन गरिएको छ । पुर्ब अध्यक्ष हरिश सिह बिष्टको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति गठन गरिएको रेडियो बैतडीका सम्वाददाता गोपाल महराले खबर पठाउनुभयो । नयाँ कार्यसमितिको उपाध्यक्षमा प्रजापती महरा, सचिबमा बशन्त सिह बिष्ट, सहसचिबमा राम सिह बिष्ट र कोषाध्यक्षमा कान्ती बिक रहेका छन ।
यस्तै सदस्यहरुमा बिर सिह महरा, धन बहादुर महरा, धना भट्ट, लक्ष्मी महरा, दिवान सिह बिष्ट र बहादुर सिह ऐर रहेका छन । शिद्धेश्वर बचत तथा ऋण सहकारी संस्थाको साधारण सभाकै अबसरमा लेखा समिति, शिक्षा समिति र सल्लाहकार समिति गरी ३ ओटा बिषयगत समितिहरु समेत गठन गरिएको छ । लेखा समितिको संयोजकमा कालु सिह भाटलाई नियुक्त गरिएको छ । यस्तै र्पुण बहादुर महराको संयोजकत्वमा पुर्ण बहादुर महरा र सल्लाहकार समितिको संयोजकत्वमा बहादुर सिह बिष्टलाई नियुक्त गरिएको छ । सहकारीको साधारण सभा कार्यक्रममा ५ सय ४३ जनाको उपस्थिति रहेको थियो ।