बैतडीमा न्यायीक समितिको प्रभाबकारीताका लागी अभिमुखीकरण कार्यक्रम
बैतडी–मंसिर २६/ बैतडीमा न्यायीक समितिको प्रभाबकारीताका लागी दशरथचन्द नगरपालिका स्तरीय अभिमुखीकरण तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । युएनडिपीको सहयोग तथा राष्टिय दलीत नेटबर्क, समाबशी फाउण्डेसन र सामुदायीक प्रहरी सेवा केन्द्र बैतडीको साझेदारीमा न्यायीक समितिको प्रभाबकारीताका लागी न्यायिक समिति, वडाध्यक्ष र नागरिक समाजका प्रतिनिधिहरु बिच अभिमुखीकरण तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको हो । मानब अधिकार एलायन्सका केन्द्रिय सदस्य सरस्वती नेपालीको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरिक्षक हरिशरण भट्टको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नगरपालिकाका बिभिन्न वडाका वडाध्यक्षहरु, नागरिक समाजका प्रतिनिधि र प्रहरी लागयतको सहभागीता रहेको थियो ।