बैतडीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानःचेतनामुलक कार्यक्रम गरेर मनाइयो
मंसिर- २५/ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान बिहीबार सकिएको छ । बैतडीमा पनि विभिन्न सचेतना मुलक कार्यक्रम गरेर लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइएको छ । जिल्लाका स्थानियतह र विभिन्न संघसंस्थाहरुले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाएका हुन ।
गएको वर्ष जस्तै भव्य र्याली सभा समारोह नभए पनि जिल्लाका स्थानियतहरुले कोभिडलाई मध्यनजर गरेर विभिन्न सचेतनामुलक कार्यक्रम गरेर १६ दिने अभियान सफल पारेका छन । ‘लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता ः व्यक्ति समाज र सबैको ऐक्यबद्धता’ भन्ने नाराका साथ नोभेम्बर २५ अथवा मंसिर १० गतेदेखि सुरु भएको यो अभियान डिसेम्बर १० अर्थात मंसिर २५ गते आज सकिएको हो । बैतडीमा पनि विभिन्न कार्यक्रम गरि अभियानको समापन गरिएको छ ।
जिल्लाको मैलौली नगरपालिकाले अन्तरक्रीय कार्यक्रम गरेर महिला हिँसा विरुद्धको १६ दिन अभिायनको आज अन्तीम दिन विभिन्न कार्यक्रम गरिएको छ । नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत कालि प्रशाद भट्टको सभाध्यक्षतामा दिप प्रज्वलन तथा अन्तरकृया गरिएको रेडियो बैतडीका सहयात्रि नरेश पन्तले जानकारिदिनुभएको छ ।
कार्यक्रममा बाेल्दै नगप्रमुख कृष्ण सिहँ नायकले मदिरानै हिँसाको प्रमुख कारण भएकोले यसको नियमनका लागि नगरपालिकाले कानु बनाएकाे र छिट्टै कार्यान्वयन हुने बताउनुभएको छ । यस्तै उपप्रमुख राधा ओझाले बेरोजगारि पनि हिँसाको कारण भएकाले बढी भन्दा बढी महिलाहरुलाई स्वरोजगार बनाउनक लागि नगरपालिकाले कार्यक्रम ल्याउने बताउनुभएको छ ।
यस्तै पञ्चेश्वर गाउँपालिामा पनि आज कार्यक्रम गरिएको छ । गाउँपालिकाका अध्यक्ष गोरख बहादुर चन्द, उपाध्यक्ष बिना भट्ट , लगायत महिला कर्मचारि तथा अन्य स्थानियहरुको सहभागितामा महिला हिँसा विरुद्धको १६ औँ दिने अभियानकाे अन्तीम दीन बिहीबार नारा सहित ¥यालि निकालेर विभिन्न सचेतना सन्देश आदान प्रदान गरेर कार्यक्रम गरिएको उपाध्यक्ष बिना भट्टले बताउनुभएको छ ।यस्तै शिबनाथ गाउँपालिकाले अभियानको शुरुको दिन देखि प्रत्येक वडामा कार्यक्रम गरेको हो ।
गाउँपाकिाले लैँगिक हिँसा विरुद्धको १६ दिने अभियानमा प्रत्येक वडामा अभियान सञ्चालन गर्दै मावि विद्यालयहरुमा वक्तृत्वकला र महिला देउडा प्रतियोगिता सम्पन्न गरेको हो । यस्तै सामाजिक चेतना विकास संघ (साडा) बैतडीले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाएको छ ।
जिल्लामा रहेका सरोकारवालासँग समन्वय गर्दै महिलामाथि हुने हिंसा अन्त्य गर्न कसको भूमिका के हुने भन्ने विषयमा अन्तर्क्रिरया भएको छ । जिल्लाको पुर्चौडी, डिलासैनी र दोगडाकेदार गाउँपालिकामा रहेका सामुदायिक छलफल केन्द्रमा वक्तृत्वकला प्रतियोगिता पनि भएको छ ।