आज डडेल्धुरा र डोटीमा २२२ जनाको परीक्षण, सबैको रिपोर्ट नेगेटिभ

डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालमा रहेको प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय २२ नमुना परीक्षण गरिएको छ।

डडेल्धुरा अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी प्रशाद भूषालले पछिल्लो २४ घण्टामा एक सय ३५ जनाको कोरोना परीक्षण गरिएको जानकारी दिए। उनका अनुसार परीक्षण गरिएको सबैको रिपोर्ट नेगेटिभ आएको छ।

उता जिल्ला अस्पताल डोटीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६९ जनाको मात्रै कोरोना परीक्षण गरिएको छ। अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए।

पछिल्ला दिन डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालमा कोरोना भाईरसको परीक्षण घटेको छ। पर्याप्त स्वाब नभएपछि दुबै प्रयोगशालामा परीक्षण घटेको बताइएकाे छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.