दशरथचन्दन नगरपालिकामा २८ गतेदेखि विद्यालय खुल्ने
मंसिर- २५/बैतडीको दशरथचन्दन नगरपालिकाले विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । बुधबार बसेको नगर कार्यापलिकाको बैठकले यहि मंसिर २८ गतेबाट विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।
कार्यपालिकाको बैठकले नेपाल सरकार शिक्षा मन्त्रालयद्वारा जारी गरिएको विद्यालय सञ्चालन सम्बन्धी कार्यढाचा २०७७ को परिधि भित्र रहेर नगरभित्रका सम्पूर्ण विद्यालय २८ गते देखि सञ्चालन गर्ने निर्णय गरेको नगरपालिकाका शिक्षा संयोजक मोहन नाथले जानकारि दिनुभएको छ ।
मंसिर २८ गतेदेखि नियमित रुपमा विद्यालय सञ्चालन गर्ने र कुनै विद्यालयको सेवा क्षेत्रमा कोभिड १९ को उच्च जोखिम देखिएमा वडा कार्यालय संग समन्वय गरेर सोही बमोजिम विद्यालय सञ्चालन गर्ने निर्णय भएको उहाँले बताउनुभयो । दनपामा यहि मंसिर १२ गते देखि विद्यालय बन्द छन ।
नगरपालिकामा संक्रमण बढ्दै गएपछि बन्द गरिएका विद्यलायहरु २८गते देखि खुल्ने र नियमिति पठनपाठन हुने नगरपालिकाले जनाएको छ । कोरोनाको संक्रमण दर बढ्दैगएका कारण स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालय सञ्चालन हुने बताइएको छ ।
दनपामा ५४ सामुदायकि र १० संस्थागत विद्यालय रहेका छन । दनपामा कोरोनाका संक्रमित बढ्दै गएका छन । पछिल्लो समय दनपामा कोरोना संक्रमित बढ्दै गएका हुन । अहिले दनपामा ४२ जना कोरोनका सक्रिय संक्रमित रहेका छन ।