बैतडीका थप ३ जना कोरोना संक्रमित डिस्चार्ज, अब ६८ जना मात्रै सक्रिय

डीआर भट्ट -मंसिर -२३/मंगलबार बैतडीका थप ३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । कोरोना जितेर मंगलबार जिल्लाका थप ३ जना डिस्चार्ज भएका भएका हुन् ।

पाटन नगरपालिकाका ३ जना निकोभएर मंगलबार डिस्चार्ज भएका स्वास्थ्य कार्यालय बैतडीका कोभीड १९ सम्पर्क व्यक्ति भुवन प्रशाद जोशीले जानकारि दिनुभएको छ । होम आइसोलेसनमा बसेका वडा नं ७ र ८ १÷१ जना र ईलाका प्रहरी कार्यालय पाटनमा कार्यरत १ जना प्रहरी जवान कोरोना जितेर डिस्चार्ज भएका नगरपालिकाका स्वास्थ्य संयोजक मदन सिहँ महराले बताउनुभयो ।

मंगलबार थप ३ जना डिस्चार्ज भएसंगै बैतडीमा कोरोना मुक्त हुनेको सङख्या ५ सय ८ पुगेको छ । यस्तै अब बैतडीमा कोरोनाका सक्रिय संक्रमित ६८ जना रहेका छन ।
चार ओटा पालिकामा कोरोनाका सक्रिय संकमित शून्य
बैतडीका चार ओटा पालिकामा कोरोना सक्रिय संक्रमित शून्य रहेका छन । एक जनामा पनि हाल कोरोना संक्रमण नदेखिएपछि जिल्लाका ३ गाउँपालिका र एक नगरपालिका शून्य संक्रिय संक्रमित पालिका बनेका हुन ।

अहिले मैलौली नगरपालिका, सिगास गाउँपालिका, शिबनथा गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा कोरोनाका सक्रिय संक्रमित नरहेका स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ। कोरोना संक्रमण पुष्टि पश्चात निको भएर सबै जना डिस्चार्ज भइसकेपछि अहिले चार स्थानियतहमा सक्रिय कोरोनाका संक्रमित नरहेका हुन ।

यस्तै हाल जिल्लामा ६८ जना कोरोनका सक्रिय संक्रमित रहेका छन । सबै भन्दा बढी दरशथचन्द नगरपालिकामा ४६, डिलाशैनि गाउँपालिकामा १७ पुर्चौडी नगरपालिकामा २, पाटन नगरपालिकामा १ ,सुर्नया र दोगडाकेदार गाउँपालिकामा १÷१ जना कोरोनका सक्रिय संक्रमित रहेका छन ।

बैतडीमा ५ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको मा ५ सय ८ जनाले कोरोना जितेका छन भने १ जनाको मृत्युभइसकेको छ । सक्रिय संक्रमितहरुको स्वास्थ्य अवस्था पनि सामान्य रहेको स्वास्थ्यकर्मिहरुले बताएका छन ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.