बैतडीको सुर्नयामा जन्मियो अनौठो शिशु ,मलद्धार,नाक र ओठ छैन
मंसिर -२३/ बैतडीको सुर्नया गाउँपालिकामा एक अनौठो शिशु जन्मिएको छ । गाउँपालिकाको वडा नं ५ मडकी २१ वर्षीया गीता विकले अनौठो शिशु को जन्म दिनुभएको हो ।रौलेश्वर स्वास्थ्यचौकीमा सोमबार अप्रहान्नः४ बजे गीताले पहिलो सन्तानको रुपमा मलद्धार , नाक र ओठ नभएको अनौठो बच्चाको जन्म दिएकी सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले जानकारी दिनुभयो । बच्चाको मलद्धार, मल्लो ओठ र नाकको प्वाल पनि नभएको , मुखको छेउमा मासुका डल्ला पलाएका जनाइएको छ । शिशुले दुध चुस्न सक्ने अवस्थामा नरहेको र चम्चाले दुध खुवाइरहेका पारिवारिक स्रोतले बताएको छ । बच्चा जन्मीएपछि अवस्था हरेरे स्वास्थ्यचौकीले धनगढी रेफर गरेको भएपनि आमा र शिशु घर फर्किएको बताइएको छ । आर्थिक अभावका कारण शिशुको उपचारमा समस्या भएको बताइएको छ । तर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख महराले गाडी भाड सहयोग हुन्छ भनेर गाउँपालिकाले उपचारमा सहयोग गर्ने भनेपनि उपचारका लागि बाहिर लैजान नमानेको बताउनुभयो । समय पुगेपछि ९ महिनामा जन्मेको उक्त शिशुको अवस्था सामान्य रहेको स्वास्थ्यकिर्महरुले बताएका छन । धेरै जना नागरिक तथा स्वास्थ्यमर्किहरुले बच्चाको उपचारमा सहयोग जुटिहाल्छ राम्रो अस्पताललैजानुस भन्ने अहिले पनि सल्लाह दिइरहेका स्रोतले बताएको छ ।