बैतडीः दनपाको लकडाउन खुल्यो, शैक्षीक संस्था भने नखुल्ने

डीआर भट्ट -मंसिर- २२/ बैतडीको दशरथचन्द नगरपालिकाले जारी लकडाउन खोल्ने निर्णय गरेको छ । कोरोना संक्रमण दर बढ्दै गएपछि यहि मंसिर १२ गतेदेखि नगरपालिकामा लगाइएको १० दिने लकडाउन मंगलबारबाट खुला गर्ने निर्णय भएको नगरपालिकाका सामाजिक शाखा प्रमुख बिनोद बहादुर चन्दले जनाकरि दिनुभएको छ ।

दशरथचन्द नगरपालिकाले सोमबार एक सुचना निकालेर नगरभित्र लगाइएको लकडाउन खुलेको जनाएको हो । सदरमुकाम भित्रका बजारहरुमा लकडाउनको पालना भएपनि धेरै ठाउँमा लकडाउनको बेवास्ता गरिएपछि नरगापालिका लकडाउनको समय अवधी थप गर्नेबाट पछिहटेर खोल्ने निर्णयमा पुगेको बताइएको छ ।

नगरभित्र लगाइएको लकडाउन खुलेसंगै बन्द रहेका सबै सेवा सुचारु भएका छन । हाललाई दरशथचन्द नगरपालिका अन्तरगतका सम्पूर्ण कार्यालय लगायत बजार र यतायात पनि खुल्ला गरिएको नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत बिक्रम बहादुर चन्द द्धारा हस्ताक्षरीत जारी सुचनामा उल्लेख गरिएको छ ।

नगरपालिकाले आम नरगबासीको जीवन रक्षाकालागी लकडाउन गरेको भएपनि जनस्तरबाटै लकडाउनको पालना नहुनथालेपछि संक्रमणदर कम नुहुँदै लकडाउन खोल्ने निर्णय गरेको हो । पछिल्लो समय दनपामा कोरोनको संक्र्रमण बढ्दै गएको छ । दशरथचन्द नगरपालिका भित्र अहिले ४६ जनासक्रिय कोरोनाका संक्रमित रहेका छन । स्वास्थ्य सुरक्षाका मापदण्डहरु नअपनाए कोरोना संक्रमण भयाबह रुपले फैलिने सक्ने डाक्टर तथा स्वास्थ्यकर्मिहरुले चेतावनी दिएका छन ।
शैक्षीक संस्था नखुल्ने
दशरथचन्द नगरपालिकामा लकडाउन खुलेपनि शैक्षीक संस्था भने नखुल्ने भएका छन् । संक्रमण दर बढ्दै गएकाले तत्काल शैक्षीक संस्था नुखुन्ने भएका हुन्।

विद्यालय सञ्चालनका लागि कार्यालपालिकाबाट निर्णय हुने नगरपालिकाका शिक्षा संयोजक मोहन नाथले बताउनुभएको छ । केहिदिनमै नगर कार्यपालिकाको बैठक डाँकेर निर्णय गरिने र कार्यपालिकाको निर्णयपछि मात्रै विद्यालय खुल्ने नगरपालिकाले जनाएको छ । दशरथचन्द नगरपालिकामा ५४ सामुदायिक र १० ओटा संस्थागत गरि ६४ ओटा विद्यालय रहेका छन ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.