वडा कार्यालयको विषयमा पञ्चेश्वर २ नम्बर वडामा विवाद

तत्काल निर्माण कार्य नरोके आन्दोलन गर्ने चेतावनी

मंसिर -२१ / बैतडीको पञ्चेश्वर गाउँपालिका २ नं. वडा कार्यालयको नव निर्मित भवनको सिलन्यास गरेकै दिन देखि विवाद चर्किएको छ । जनप्रतिनिधीहरुलाई पनि वेवस्था नगरि दुई चार जनाले व्यक्तिगत स्वार्थपूर्तीको लागि आफैले ठेकेदारलाई वोलाएर सिलन्यास गरि काम अगढि बढाएकोमा स्थानियले विरोध स्वरुप वडामा निवदेन दिएका छन् ।

निवेदन माथि सुनुवाई नगरे आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । वडा कार्यालय सबैको पाइक पर्ने ठाउँमा हुन पर्ने एकलौटी ढंगले वडाका सदस्यहरुलाई समेत जानकारी नगरि एका किनातिर दुईचार व्यक्तिको स्वार्थपूर्तिको लागि भवन निर्माण गर्न लागेकाले निर्माणको काम राेकेर बैको पाइक पर्ने ठाउँमा निर्माण गर्नको लागि वडा अध्यक्ष दशरथ मंगोलालाई जनताले सयुक्त रुपमा निवेदन दिएका छन् ।निर्माणको काम बन्द गरेर तिनदिन भित्र छलफल नगराएमा आन्दोलन गर्ने र त्यसको जिम्मा वडाले लिनु पर्ने निवेदनमा उल्लेख गरेका छन् ।

जनताले वडा अध्यक्ष मंगोलालाई पहिले जनतालाई सबैको पाइक पर्ने ठाउँमा हुनुपर्छ भनी जानकारी गराउने र अन्तीममा दुई चार जनाकै पछि लागि एका किनारतिर भवन निर्माणको सहमती दिएको आरोप लगाएका छन् । जनताले नव निर्मित भवन सबैको पाइक पर्ने ठाउँमा हुनुपर्छ यसको लागि जमिनदान गर्छौ भनेर पटक पटक वडामा निवेदन दिँदा र मौखिक रुपमा भन्दा पनि वडा अध्यक्षले छलफल समेत नगराएको आरोप लगाएका छन् ।

वडा अध्यक्ष मंगोलाले निवेदनमा छलफल गराउने र बाँकी कार्बाहिको लागि गाउँपालिकामा समेत निवेदन पठाईएको बताएका छन् । वडा अध्यक्ष मंगोलाले चारैितरबाट  आफुलाई पेलान आएकाले अन्तमा भवन निर्माणको लागि सिलन्यास गराउनमा आफुले सघाएको स्वीकार गरेका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.