डाेटीमा जिप दुर्घटना हुँदा बैतडीका एकैघरका तीनजनाको मृत्यु

मंसिर-२१/ डोटी जिप दुर्घटनामा परी बैतडीका एकैघरका तीनजनाको मृत्यु भएको छ । डोटी जिल्लाको दिपायलबाट बोग्टानतर्फ जाँदै गरेको म १ च ५५० नम्बरको जिप बोगटान फुड्सिल गाउँपालिका ७ को चवराचौतारामा जिप दुर्घटना हुँदा सुर्नया गाउँपालिका ६ मूलखटालीका २८ बर्षीय मञ्जु त्रिपाठी अवस्थी, उहाँका सासुआमा ६५ बर्षीय डम्मरी अवस्थी र उहाँका ३ बर्षीय छोरा मिलन अवस्थीको मृत्यु भएको हो । गए राति डेढ बजे जीप दुर्घटनामा परी तिनै जनाको मृत्युभएको हो । गाउँपालिका तर्फ जाँदै गरेको अवस्थामा एकैघरका तीनजनाको मृत्यु भएपछि गाउँ शोकमा डुबेको छ । डोटी दुर्घटनाले घर नै रित्तो बनाए पछि गाउँ शोकमा डुबेको स्थानीय अम्बादत्त अवस्थीले बताउनुभयो । मञ्जु त्रिपाठी अवस्थी डोटीको बोगटान फुड्सील गाउँपालिकामा नायव सुब्बा पदमा कार्यरत थिइन ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.