बैतडीको एक बिद्यालयमा खानेपानीको चरम अभाब

जनक साउद–मंसिर १९/  बैतडीको दशरथचन्द नगरपालिका ११ मा रहेका केदार नागार्जुन माध्यमिक बिद्यालय बग्लेखानमा खानेपानीको चरम अभाब रहेको छ । बि.सं. २०४० सालमा स्थापना भएको उक्त बिद्यालयमा अहिले सम्म एउटा खानेपानी योजना समेत नपरेपछि बिद्यालयमा खानेपानीको अभाब रहेको हो । कक्षा १२ सम्म पढाई हुने उक्त बिद्यालयमा झण्डै ६ सयको हावाहारीमा बिद्यार्थीहरु अध्यनरत रहेका छन । तर खानेपानीको लागी कतैबाट पनी अहिलेसम्म पहल नभएको रेडियो बैतडीका सम्वादाता नरेश पन्तले बताउनुभएको छ ।

बिद्यालयको नजिक आसपासमा पानीका मुलहरु नभएर पनी योजनाहरु नपरेको बताईएको छ । बिद्यालयमा शौचालयहरु निर्माण भएको भए पनि पानीकै अभाबमा प्रयोग बिहिन बनेका छन । बरिखाको समयमा ट्यांकी निर्माण गरी ट्यांकीमा पानी जम्मा गरेर काम चलाउनु पर्ने अबस्था रहेको छ । पानीका मुहानहरु बिद्यालयको तलतिर भए पनि बिद्यालयमा पानी पुगाउन असम्भव भएको दशरथचन्द नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष एबंम बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष हरिश चन्द्र जोशीले बताउनुभयो ।

एक चोटी पङेबाजबाट बिद्यालयमा एक धारा पानी माग गरिएको भए पनि स्थानियहरुको बिरोधका कारण बिद्यालयमा पानी पुगाउन नसकिएको उहाँले बताउनुभयो । ”“अन्य ठाउँबाट बिद्यालयमा पानी पुगाउन असम्भव छ । पङेबाजबाट पानी ल्याउन सकिने भए पनि स्थानियहरुले आफुहरुलाई नै पानीको अभाब रहेको भन्दै पानी नदिए पछि समस्या भयो ।” उहाँले भन्नुभयो । खानेपानीकै अभाबमा बिद्यार्थीहरुको पठनपाठन समेत प्रभाबित हुने गरेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.