बैतडीको समुदायमा फैलिदै कोरोना, नागरिकहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने छोडे

बैतडी–मंसिर १८/  बैतडीको समुदायमा कोरोना फैलिदै गएको छ । सुरुको अवस्थामा भारत तथा तेसा्रे मुलुकबाट आएका नागरिकहरुमा मात्रै कोरोना देखिने गरेकोमा पछिल्लो समय जिल्ला भित्रै बसोबास गर्ने नागरिकहरुमा कोरोना देखिन थालेको हो । यसरि संक्रमण देखिएपछि कोरोना भाईरस समुदायमा पुगेको भन्न सकिने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो । जिल्लामा संक्रमितहरुको संख्या बढ्दै गएको र यसबाट समुदायका मानिसहरु प्रभावित हुन थालेका उहाँले बताउनुभयो ।

अहिले बैतडीमा धेरै जासो कोरोना संक्रमण पुष्टि भएका नागरिक ट्राभल हिस्ट्री नभएका छन । दशरथचन्द नगरपलिकामा कोरोना संक्रमण तिब्रगतिमा फैलिरहेको छ । दनपामा कोरोना संक्रमण रोक्न लकडाउन गरिएको भएपनि संक्रमण झन फैलिरहेको हो । मंसिर महिनामा दनपामा कोरोना दर बढेको हो । अहिले दशरथचन्द नगरपालिकामा ४५ जना कोरोनाका सक्रिय संकमित रहेका छन । सबै जना संक्रमित सदरमुकाम भित्रकै रहेका छन । दशरथचन्द नगरपालिकाका नगरप्रमुखमा समेत कोरोना पुष्टि भएको छ । दनपामा लकडाउन गरिएको भएपनि आवतजावत भने बन्द भएको छैन ।

नागरिकहरुलेनै लकडाउनको पालना नगरिदिदा संक्रमणको डर बढेको नगरपालिकाका सामाजिक साखा प्रमुख बिनाेद बहादुर चन्दले बताउनुभयो । लकडाउन भएपनि पूर्ण रुपले पालनना नभएको पाइएको उहाँको भनाई छ । कोरोना फैलिएको शुरुको अवस्थामा सबै जनाले स्वास्थ्य सुरक्षाका मापदण्हरुको पूर्ण पालना गरेका भएपनि अहिले नगरेको पाइन्छ । समुदायमा कोरोनाको संक्रमण फैलिएकाले आम नागरिकहरुले बच्न र बचाउन सामाजिक दुरी कायम गर्नुपर्ने, बेलाबेला साबुनपानीले हात धुनुपर्ने, सेनेटाइजरको प्रयोग गर्नुपर्ने र मास्कको प्रयोग अनिवार्या गर्नुपर्ने डाक्टरहरुको सुझाव छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.