बैतडी : क्यान्सर पिडित युवक अनिल बचाऔ अभियानमा १ लाख २५ हजार संकलन

जनक साउद–मंसिर १७ / बैतडीका क्यान्सर पिडित युवक अनिल चन्द बचाऔ अभियानमा अहिलेसम्म १ लाख २५ हजार संकलन भएको छ । जिल्लाको मैलौली नगरपालिका ९ का १९ बर्षीय क्यान्सर पिडित चन्दको उपचारमा आर्थिक अभाब भए पछि समाजसेवी महेश भट्टले सञ्चालन गरेको अभियानमा १ लाख २५ हजार संकलन भएको हो । मंसिर ५ गतेबाट अभियान सञ्चालन गरिएकोमा १२ दिनको अबधिमा देशबिदेशमा रहेका समाजसेबीहरुबाट उक्त सरकम संकलन भएको अभियानकर्ता समाजसेबी भट्टले जानकारी दिनुभएको छ । आज भन्दा २ बर्ष अगाडी चन्दको बायाँ हातको नाडीमा २०७५ सालमा क्यान्सर भएको थियो ।

भारतको मोहनडाई क्यान्सर हस्पिटल पञ्जाबमा ३ लाख बढी रकम खर्च गरी हात काटेर चन्दको क्यान्सरको उपचार गरिएको थियो । गत फाल्गुनमा उपचार गराएर घर फर्किका चन्दको घाउ फेरी बल्झिएको हो । अहिले फेरी क्यान्सर भए पछि चन्द काठमाण्डौको बिर अस्पतालमा रहेको समाजसेबी भट्टले बताउनुभयो । घरको आर्थिक अबस्था कमजोर भएर उपचारमा समस्या भएको भन्ने सुने पछि समाजसेबी भट्ट आफै क्यान्सर पिडित युवकको घरसम्म पुगेर उपचारको लागी आर्थिक संकलनमा लागेका थिए ।

भट्टले उपचारमा सहज होस भन्दै चन्दको स्वास्थ्य बिमा पनी गरिदिएका छन । समस्या परेकाहरुलाई सहयोग गर्नु नै ठुलो धर्म ठानेर आफु रात दिन नभनी चन्दको उपचारको लागी आर्थिक संकलन अभियानमा लागीरहेको समाजसेवी भट्टको भनाई छ । क्यान्सर पिडित युवक अनिल चन्द बचाऔ अभियानमा सहयोग गर्न चाहनेहरुले ९८६५६३८१९६ र ९८४३३७२८८९ मा सम्र्पक गर्न सक्ने बताईएको छ । सामाजिक अभियान्ता भट्टले बेसाहारा, दिन दुःखी र बिभिन्न समस्यामा परेकाहरुको सहयोगको लागी बिगतदेखि नै काम गर्दै आएका छन ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.