बैतडीः सुर्नयामा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि झण्डै दुई करोड बजेट

आशिष माल- मंसिर- १६ /बैतडीको सुर्नया गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि झण्डै दुइ करोड बजेट आएको छ । आर्थिक वर्ष २०७७÷७८का लागि जिल्लाका १० ओटा स्थानियतह मध्ये सुर्नयामा सबै भन्दा बढी बजेट आएको हो । रोजगार संयोजक सुरेन्द्र सिहँ धामिले गाउँपालिकाम उत्कृष्ट काम गरेका छन । बेरोजगार व्यक्तिहरुले दिएको आवेदन प्रधानमन्त्री रोजगार कार्यक्रममा इएमआइएस इन्ट्री तोकिएको समयमै गरेर उहाँले झण्डै दुइ करोड बजेट ल्याउन सफलभएका हुन । रोजगार संयोजक धामिले श्रम तथा रोजगार मन्त्रालय दिएको १० दिनको अवधीमा ४ हजार १ आबेदन दर्ता भएकोमा ३ सय ७० ओटा आबेदन छनौट गरीएको  बताउनुभयो ।सोही अनुसार १ करोड ९१ लाख २९ हजार बजेट ल्याउन सफल भएको गाउँपालिकाकी उपाध्यक्ष लीला विष्टले जानकारि दिनुभएको छ । सुर्नया गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्याक्रमका लागि जिल्लाका १० ओटा स्थानियतह मध्ये सबै बढी बजेट आएको छ । गाउँपालिकाले दिएका धेरै जिम्मेवारि बहन गरेर काम गरिरहेका रोजगार संयोजक धामिले आवेदनहरुपनि मन्त्रालयले भनेकै समयमा इन्ट्री गरेर बढी बजेट ल्यान सफल भएका भन्दै गाउँपालिकाले धन्यवाद ज्ञापन गरेको छ । सुर्नया गाउँपालिकाले कोरोना भाइरसको कोभि १९ सम्पर्क व्यक्ति, आइटि अफिसरकको काम र प्रमुख प्रशासकिय अधिकृत नभएका बेला समेत निमित्तको अभिभारा सम्लादै आएका थिए । थुप्रै जिम्मेवारि हुदा हुदै पनि उनले १० दिनमा उत्कृष्ट काम गरेर गाउँपालिकामा बढी बजेट भित्राउन सफल भएका भन्दै गाउँपालिका उपाध्यक्ष विष्ट ले कामको प्रशंसा गदै धन्यवाद ज्ञापन गरेकि छन । रोजगार संयोजक सुरेन्द्र सिहँ धामिले भने, “श्रम तथा रोजगार मन्त्रालयले कार्तिक २० गते भित्र संकलन भएका आवेदनको इन्ट्री गर्न भनेको थियो, मैलै सोहि समय अवधीमा आवेदन इन्ट्री गरे र गाउँपालिकामा बढी बजेट आयो ।” दिएको समय भित्रै काम सम्पन्न भएपछि बजेट बढि आएको आफु पनि धेरै खुसि भएको रोजगार संयोजक धामिको भनाई छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.