बैतडी : पञ्चेश्वरको धिरमडा सोलार लिप्ट खानेपानी योजना सम्पन्न, नागरिकहरुलाई राहत
जनक साउद–मंसिर १५/ बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ५ धिरमडामा सोलार लिप्टिङ खानेपानी योजना सम्पन्न भएको छ । ग्रामीण जलस्रोत ब्यबस्थापन परियोजना पञ्चेश्वर गाउँपालिका र उपभोक्ताहरुको संयुक्त लागनीमा योजना सम्पन्न भएको हो । पञ्चेश्वर गाउँपालिकाको २५ प्रतिशत, उपभोक्ताहरुको २६ प्रतिशत र ग्रामीण जलस्रोत ब्यबस्थापन परियोजना ४९ प्रतिशत गरि १ करोड २४ लाख ५ हजारको लगानीमा भम्क खोलादेखि धिरमडासम्म १५ सय १५ मिटरको दुरीमा पानी तानिएको हो ।
एक घर एक धारा कार्यक्रम अन्र्तगत सम्पन्न उक्त योजनाबाट ४७ घरधुरीका झण्डै ४ सय नागरिकहरु लाभान्बित भएको ग्रामीण जलस्रोत ब्यबस्थापन परियोजनाका पञ्चेश्वर गाउँपालिका जलस्रोत अधिकृत पदम चन्दले जानकारी दिनुभएको छ । खानेपानीको चरम समस्या झेल्दै आएका धिरमडा टोलका नागरिकहरुलाई सोलार लिप्टिङ खानेपानी योजनाले राहत मिलेको छ । धिरमडामा ट्यांकी निर्माण गरि घरघरमा धाराहरु बितरण गरिएको छ । योजना सम्पन्न भए पछि धिरमडा बासीको घण्टौ लगाएर पानीको जोहो गर्नु पर्ने बाध्यताको अन्त्य भएको छ ।
उक्त योजना सम्पन्न भए पछि आज एक कार्यक्रमका बिच उद्धघाटन गरिएको छ । धिरमडामा सोलार लिप्टिङ खानेपानी योजना उपभोक्ता समिति अध्यक्ष हर्क बहादुर चन्दको अध्यक्षता, पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरब बहादुर चन्दको प्रमुख आतिथ्यता तथा ग्रामीण जलस्रोत ब्यबस्थापन परियोजना प्राबिकि बिज्ञ बाशुदेब पाण्डेयको बिशिष्ट आतिथ्यतामा उद्धघाटन कार्यक्रम सम्पन्न भएको छ ।