बैतडीका थप ३ जना कोरोना संक्रमीत डिस्चार्ज, अब ५२ जना सक्रिय संक्रमीत

बैतडी–मंसिर १५/  बैतडीका थप ३ जना कोरोना संक्रमीत डिस्चार्ज भएका छन । सोमबार पञ्चेश्वर गाउँपालिका वडा नम्बर ८ की १९ बर्षीय महिला पुर्चौडी नगरपालिका १ का ४४ बर्षीय पुरुष र ४३ बर्षीय महिला गरी ३ जना कोरोना जितेर डिस्चार्ज भएको स्वास्थ्य कार्यालय बैतडीले जानकारी दिएको छ । अब जिल्लामा कोरोनाका ५२ जना सक्रिय संक्रमितहरु रहेका छन ।

सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा ३६ जना, डिलाशैनी गाउँपालिकामा १० जना, पाटन नगरपालिकामा ३ जना, पुर्चौडी नगरपालिकामा २ जना र सुर्नया गाउँपालिकामा १ जना कोरोनाका सक्रिय संक्रमीत रहेको स्वास्थ्य कार्यालय बैतडीका कोभिड १९ सम्र्पक ब्यक्ति भुवन प्रसाद जोशीले जानकारी दिनुभएको छ ।

अहिले सम्म बैतडीका ५ सय ५१ जनामा कोरोना पुष्टि भएको छ । दशरथचन्द नगरपालिकामा १ सय १६, पाटन नगरपालिकामा ८५, पुर्चौडी नगरपालिकामा २४ र मैलौली नगरपालिकामा ४७ जनामा कोरोना पुष्टि भएको छ । यस्तै सिगासका ५५, डिलाशैनीका २२, सुर्नयाका ३९ ,पञ्चेश्वरका ६३, शिबनाथका ५१, दोगडकेदारका ४९ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये १ जनाको भने मृत्यृ भईसकको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.