बैतडीः सिद्धेश्वर माध्यमिक विद्यालयमा निसंक्रमिकरण

मंसिर-१५ / बैतडीको पाटन नगरपालिका ९ अन्तरगतको सिद्धेश्वर माध्यमिक विद्यालय हुक्केडाँडामा स्यानिटाइज गरिएको छ । कोरोना संक्रमित बस्नका लागि क्वारेन्टाइन निर्माण गरिएको उक्त विद्यालयमा नगरपालिकाको सहयोगमा स्यानिटाइज गरेर निर्मलिकरण गरिएको हो ।

No description available.पहिला क्वारेन्टाइन र आइसोलेसन राखिएका र अहिले खाली भएको सिद्धेश्वर माध्यमिक विद्यालयमा  निसंक्रमिकरण गरिएको विद्यालय स्राेतले  जनाएको छ । कोरोना संक्रमित बस्नका लागि क्वारेन्टाइन बनाइएका ४ ओटा कोठा लगायत विद्यालय परिसर भित्र नगरपालिकाको सहयोगमा स्यानिटाइज गरेर निसंक्रमिकरण गरिएको विद्यालयका परिचर गोपाल महराले जानकारि दिनुभएको छ । विद्यालयमा निसंक्रमिकरण गरेपछि अब विद्यालय सञ्चालन गर्नुपरेपनि कुनै किसिमको डर नहुने उहाँको भनाई छ । नगरपालिकाले क्वारेन्टाइन बनाइएपछि खालिभएका सम्पुर्ण विद्यालयहरुमा स्यानिटाइज गर्दै आएको छ ।

No description available.

सम्बन्धित

Leave A Reply

Your email address will not be published.