दार्चुलाको नौगाड ३ ज्यामिरमा १० शैयाको अस्पताल शिलान्यास
आशिष माल -मंसिर- १५ / दार्चुलाको नौगाड गाउँपालिकामा १० शैयाको अस्पताल शिलान्यास गरिएको छ। गाउँपालिकाको वडा न ३ ज्यामिरमा दस रोपनी क्षेत्रफल मा १० शैयाको अस्पताल भवनको शिलान्यास तथा भूमि पुजन कार्यक्रम गरिएको हो ।
सबै नागरिकहरुको स्वास्थ्य सेवामा पहुँच पुगोस भन्ने उदेश्यले निर्माण भइरहेको अस्पतालका लागि स्थानिय धनसिह ठगुन्ना, करन सिह ठगुन्ना बिरबहादुर सिह ठगुन्ना,पानसिह ठगुन्ना,गौरे ठगुन्ना, रामा देबि ठगुन्ना .चम्फा देबि ठगुन्नाले जग्गा निशुल्क रुपमा उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष प्रेम सिहँ धामिले बताउनुभएको छ ।
सम्पुर्ण जग्गा दाताहरुलाई गाउँपालिकाको तर्फबाट धन्यवाद समेत ज्ञापन गरिएको छ। नौगाड गाउँपालि का अध्यक्ष प्रेम सिंह धामीको प्रमुख आतिथ्यतामा तथा नौगाड गाउँपालिका उपाध्यक्ष गौरी देवी ठगुन्नाको विशिष्ट आतिथ्यतामा गरिएको अस्पताल शिलान्यास कार्यक्रममा नौगाड गापाका सम्पुर्ण वडा अध्यक्ष , जग्गा दाता र गाउँपालिकाका सम्पुर्ण शाखागत कर्मचारीहरुको उपस्थीती रहेको थियो । यस्तै गाउँपालिका अध्यक्ष धामिले नैगाडको स्वास्थ्य क्षेत्रमा उल्लेख्य काम भएको बताएका छन ।
गाउँपालिका स्वास्थ्य सेवा सुदृढीकरण कार्यक्रम अन्तर्गत गाउँपालिका भरि ९ वटा थप सामुदायिक स्वास्थ्य इकाई केन्द्र स्थापना गरि गाउँ गाउँमा स्वास्थ्य सेवा दिनेकार्य भैरहेको उहाँले बताउनुभयो । गाउँपालिका भरि रहेका ४ वटा स्वास्थ्य चौकीहरुको स्तरोन्नति गर्दै प्रयोगशाला र बर्थिङ सेन्टर समेत स्थापना गरि सेवा विस्तार गरिएको बताउदै उहाँले भौगोलिक विकटतालाइ मध्यनजर गर्दै प्रत्येक वडाका विकट वस्तिहरुमा एकीकृत घुम्ती शिविर मार्फत सेवा प्रदान गर्ने गरिएको जनाएका छन ।
महिला स्वास्थय स्वमसेविकाहरुलाइ मासिक रुपमा रु.५०० का दरले प्रोत्साहन भत्ता उपलब्ध गर्ने गरेको र स्वास्थ्य चौकी स्थापना नभएका वडाहरुमा स्वास्थ्य चौकी निर्माण गर्ने कार्य अन्तर्गत वडा न. २ को सुन्डमुन्डमा स्वास्थ्य चौकी स्थापना भइ भवन निर्माण कार्य शुरु भैइसकेको समेत गाउँपालिकाले जनाएको छ।
आवश्यकताका आधारमा स्वास्थ्य संस्थाका भवनहरु निर्माण कार्य गर्ने काम भइरहेको र नौगाड गाउँपालिका ६ नम्बर वडाको धुलिगडा स्वास्थ्य चौकीको १० कोठे भवनको शिलान्यास पनि गरिसकेको गाउँपालिका अध्यक्ष धामिले बताउनुभएको छ।
साेमबार ३९६ पालिकामा अस्पताल र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यास हुँदैछ । पालिकासम्म स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले सरकारले आज एकैसाथ अस्पताल भवन शिलान्यास गर्न लागेको हो ।