बैतडीः ५ सय ५१जनामा कोरोना, ५५ सक्रिय

मंसिर- १५ /बैतडीमा ५५ जना सक्रिय कोरोनाका संक्रमित रहेका छन । स्वास्थ्य कार्यालय बैतडीका अनुसार जिल्लामा ५५ जना कोरोनाका सक्रिय संक्रमित रहेका हुन । बैतडीमा सक्रिय कोरोना संक्रमित ५५ जना रहेका कोभिड १९ सम्पर्क व्यक्ती भुवन प्रशाद जोशीले जानकारि दिनुभएको छ ।

उहाँका अनुसार सबै भन्दा बढी दशरथचन्द नगरपालिकामा ३६ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन । यस्तै पटानमा ३ जना ,पुर्चौडी नगरपालिकामा ४ जना, डिलाशैनि गाउँपालिकामा १० जना , पञ्चेश्वर र सुर्नया गाउँपालिकामा १ ÷१जना कोरोनका सक्रिय संक्रमित रहेका छन । दशरथचन्द नगरपालिकाका सक्रिय कोरोनाका संक्रमितहरु मध्ये ३ जना जिल्ला अस्पतालको आइसोलेसनमा रहेका छन भने बाँकि होम आइसोलेसनमा रहेका छन  ।

संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । अहिले सम्म बैतडीका ५ सय ५१ जनामा कोरोना पुष्टि भएको छ । दशरथचन्द नगरपालिकाका १ सय १६, पाटनका ८५, पुर्चौडी नगरपालिकाका २४ र मैलौलीका ४७ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै सिगासका ५५, डिलाशैनीका २२, सुर्नयाका ३९ ,पञ्चेश्वरका ६३, शिबनाथका ५१, दोगडकेदारका ४९ जनामा कोरोना पुष्टि भएको छ । ५ सय ५१ जनामा कोरोना पुष्टि भएकोमा ४ सय ९५ जनाले कोरोना जितेका छन भने १ जनाको मृत्यु भइसकेको छ ।

No description available.

No description available.

सम्बन्धित

Leave A Reply

Your email address will not be published.