बैतडीको पुर्चौडीमा आयुर्बेदिक सेवा केन्द्र सञ्चालनमा

जनक साउद–मंसिर १४/  बैतडीको पुर्चौडी नगरपालिकामा आयुर्बेदिक सेवा केन्द्र सञ्चालनमा आएको छ । सुदुरपश्चिम प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय र पुर्चौडी नगरपालिकाको संयुक्त लगनीमा वडा नम्बर १ को हाटमा आयुर्बेदिक सेवा केन्द्र सञ्चालनमा आएको हो । पछिल्लो समय नागरिकहरुको आयुर्बेदिक उपचार पद्धति तर्फ आर्कषण बढ्दै गएकोले पुर्चौडीमा पनी सेवा केन्द्र सञ्चालनमा आएको हो । तत्कालका लागी केन्द्रमा एक जना आयुर्बेद प्राबिधिक र एक जना प्रशासनीक गरी २ जना कर्मचारी राखेर कर्मचारी ब्यबस्थापन समेत गरिएको छ ।

आयुर्बेद जिल्ला कार्यालय मैलौली बैतडीका निमित्त प्रमुखको अध्यक्षता तथा पुर्चौडी नगरपालिकाका उपप्रमुख जानकी ऐर बमको प्रमुख आतिथ्यतामा उद्धघाटन कार्यक्रम सम्पन्न भएको नगरपालिकाका कम्प्युटर अपरेटर भरत बहादुर धानुकले जानकारी दिनुभएको छ । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरि बहादुर चन्द र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बैतडी कार्यालय सदस्य रमिल बम बिशिष्ट अतिथि रहनुभएको थियो ।

यस्तै पुर्चौडी नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष एबंम नगरप्रबक्ता दल बहादुर धामी, स्वास्थ्य शाखा निमित्त प्रमुख हेमराज भट्ट, अस्थायी कोभिड अस्पताल पुर्चौडीका एमबिबिएस डाक्टर प्रकाश चौधरी लगायत नगरपालिकाका अन्य क्रमचारी र नागरिकहरुको उपस्थितिमा आयुर्बेदिक सेवा केन्द्रको उद्धघाटन गरिएको कम्प्युटर अपरेटर धानुकले जानकारी दिनुभयो । केन्द्रमा आएर सेवा लिन पनी नगरपालिकाले नागरिकहरुमा अनुरोध समेत गरेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.